दार्चुला । बाढीले घर पूर्ण क्षति भएका परिवारलाई महाकाली नगरपालिकाले १ लाख रुपैयाँ राहत दिने भएको छ । भदौ १३ गते आएको बाढीले घर पूर्ण रुपमा क्षति भएका परिवारलाई नगरपालिकाले पुनस्थापनाका लागि १ लाख रुपैयाँ दिने निर्णय गरेको नगर प्रवक्ता पदम सिंह महरले जानकारी दिनुभयो ।
नगरप्रमुख हंशराज भट्टको अध्यक्षतामा शुक्रवार बसेको नगरकार्यपालिका बैठकले भदौ १३ गतेको बाढी पहिरोले पूर्ण रुपमा घर क्षति भएकाहरुलाई पुर्नस्थापनाका लागि एक लाख राहत दिने निर्णय गरेको उहाले बताउनुभयो । यस्तै बाढीले पूर्ण रुपमा क्षति भएका पानी घट्टको पुन निर्माणका लागि ५०÷५० हजार रुपैयाँ दिने निर्णय गरिएको छ । बाढीले निजाङगाड खोलामा निर्माण गरिएका १४ घट्ट बगाएपछि तत्काल स्थानीयको समस्या समाधानका लागि नगरपालिकाले पिसानीका लागि वडा नम्बर १ मा १० मिनि पिसानी चक्कि उपलब्ध गराउने भएको छ । यस्तै बाढीले क्षतिग्रस्त भएका घट्ट, घर र पसलहरुका लागि १० हजारका दरले राहत स्वरुप उपलब्ध गराइने निर्णय पारित भएकोे नगरपालिकाले जनाएको छ ।
बाढीले बेपत्ता पारेका महाकाली नगरपालिका–१ का हरक सिंह कार्की र शेर सिंह कार्की परिवारका बालबालिकाको माध्यमिक शिक्षासम्मको पठनपाठनको सम्पूर्ण खर्च नगरपालिकाले वेहोर्ने निर्णय गरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया