दार्चुला । शैल्यशिखर नगरपालिका वडा नम्बर २ देथलामा वृक्षारोपण गरिएको छ । यहि भदौ १६ गते देखि शुभारम्भ भएको “राष्ट्रसेवक कर्मचारी वृक्षारोपण अभियान” अन्तर्गत शनिबार इलाका प्रहरी कार्यालय गोकुलेश्वरले वृक्षारोपण कार्यक्रम गरेको हो ।
इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक अरुण बमको नेतृत्वमा गएको प्रहरी टोलीले शैल्यशिखर नगरपालिका वडा नम्बर २ देथलास्थित सत्य प्रकाश मावि देथला र दुर्गा भवानी मन्दिर परिषरमा वृक्षारोपण गरेको सत्यप्रकाश माबि देथलाका सूचना अधिकृत जगतसिहं खत्रीले जानकारी दिनुभयो । वडा नम्बर २ का वडाअध्यक्ष माधव प्रसाद भट्ट लगायत स्थानीयहरुको सहभागितामा विभिन्न जातका १ सय ३० ओटा बोटविरुवाहरु वृक्षारोपण गरिएको खत्रीले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया