लेकममा अधिवेसनका लागि काग्रेशद्धारा तीन समिति गठन

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा अधिवेसनको तयारीका विषयमा शनिबार नेपाली काग्रेशले छलफल गरेको छ । गाउँकार्यसमिति सभापती तुला गिरीको अध्यक्षता तथा गाउँकार्यसमिति सचिव मोहनदेब जोशीको प्रमुख आतिथ्यतामा आयोजित भेलाले अधिवेसन सम्पन्न गर्न जिम्मेवारी बाडफाड तथा समिति गठन गरेको छ ।

गाउँसमिति सभापती तुला गिरीको संयोजकत्वमा पाँच सदस्यिय व्यवस्थापन समिति गठन गरिएको छ । उक्त समितिमा शिवराज जोशी, कृष्णदेब जोशी, केशव जोशी र रधु नाथ सदस्य रहेका छन् । यस्तै मोहनदेब जोशीको संयोजकत्वमा पाँच सदस्यिय आर्थिक व्यवस्थापन समिति गठन गरिएको छ । उक्त समितिमा भुवन जोशी, दयाकृष्ण बिष्ट, सुना जोशी र रामदत्त भट्ट सदस्य रहेका छन् । यस्तै दयाकृष्ण बिष्टको संयोजकत्वमा आचारसंहिता समिति गठन गरिएको छ । समितिमा गम्भीरसिह बोहरा र परमानन्द गिरी सदस्य रहेका छन् । कार्यक्रमको सञ्चालन शिवराज जोशीले गरेको विद्यार्थी नेता कृष्णदेब जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?