इथियोपियामा ५ हजार बढी लडाकु मारिए

दार्चुला । इथियोपियामा विद्रोही समूह टिग्रेका साढे ५ हजारभन्दा धेरै लडाकु मारिएका सेनाले दाबी गरेको छ । भर्खरै गरेको कारबाहीमा मात्र ५ हजार ६ सय विद्रोही मारिएको इथियोपियाली सेनाले दाबी गरेको हो ।

गएको नोभेम्बरदेखि सेनाले विद्रोही समूह विरुद्ध कारबाहीलाई तीव्र पारेको छ । विद्रोही समूहले इथियोपियाको अमहारा र अफार क्षेत्र लगभग कब्जामा लिइसकेको अवस्थामा सेनाले उनीहरु विरुद्ध आक्रमण तीव्र पारेको हो । विद्रोही र इथियोपियाली सेनाबीच पछिल्लो समय भएको सङ्घर्षका कारण हजारौँ नागरिक सुडान पलायन भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?