रानीशिखरमा एमालेका वडा सदस्य कांग्रेस प्रवेश

दार्चुला । शैल्यशिखर नगरपालीका ४ रानीशिखरमा नेकपा एमालेबाट निर्वाचित वडा सदस्य विरभान सिह ठगुन्ना नेपाली काग्रेश प्रवेश गरेका छन् । ठगुन्नासहित केही स्थानीयहरुले नेपाली काग्रेश प्रवेस गरेको शैल्यशिखर नगरपालिकाका नगरप्रमुख अमरसिंह धामीका स्वकिय सचिव सुरेश बिष्टले जानकारी दिनुभयो ।

१४ औँ महाधिवेसन तथा ७ औँ जिल्ला अधिवेसनको पुर्वसन्ध्यामा मंगलबार वडा अधिबेसन आयोजना गरिदैछ । वडा अधिवेसनको तयारीका क्रममा भएको एक कार्यक्रममा ठगुन्नाले काग्रेश प्रवेस गरेको बताइएको छ । नेपाली कांग्रेस शैल्यशिखर नगरपालिका वडा नम्बर ४ का वडासभापती लालसिह महरको अध्यक्षतामा आयोजित कार्यक्रममा शैल्यशिखरका नगरप्रमुख तथा नेपाली कांग्रेस जिल्ला कार्यसमिति दार्चुलाका उपसाभापती अमर सिंह धामीको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा कांग्रेका नेता जगदिश पाल लगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको बिष्टले बताउनुभयो ।

भोलि हुँने वडा अधिबेसन र २७ गते हुने पालिका अधिबेसनको समेत तयारी भइरहेको काग्रेशको शैल्यशिखर नगरसमितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?