दार्चुलाका दुई जनप्रतिनिधि एकिकृत समाजवादीमा खुले

दार्चुला । नेकपा एमाले विभाजन भइ नेकपा एकिकृत समाजवादी दर्ता भएपछि दार्चुलाबाट दुई जना जनप्रतिनिधि एकिकृत समाजवादीमा खुल्नुभएको छ । अपिहिमाल गाउँपालिकाका कार्यपालिका सदस्य रुकमती जागरी र भुरी धामी एकिकृत समाजवादीमा खुलेको निर्वाचन कार्यालय दार्चुलाका सूचना अधिकारी चित्रप्रकाश जोशीले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना, प्रदेश सभा सदस्य गेल्बुसिंह बोहरा र स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अरू निर्वाचित जनप्रतिनिधिहरु भने एमालेमै रहेका छन् । दार्चुलाबाट २०७४ सालको निर्वाचनमा नेकपा एमालेले तीन वटा गाउँपालिका अध्यक्ष, चार वटा गाउँपालिकामा उपाध्यक्ष, २२ जना वडाअध्यक्ष, २५ जना महिला वडा सदस्य, २२ जना दलित महिला वडा सदस्य, ४६ जना अन्य वडा सदस्य जितेको थियो ।

समग्रमा जिल्लाभरीबाट ५५ जना महिला र ६७ जना पुरुष गरेर एमालेको तर्फबाट १२२ जनप्रतिनिधि निर्वाचित भएकोमा दुई जना एकिकृत समाजवादीमा खुल्नुभएको छ । बाँकी जनप्रतिनिधिहरु भने एमालेमै रहने भएका छन ।

सनाखद गर्ने समय मंगलबार (आज ) बेलुकी ५ बजे सकिएको निर्वाचन कार्यालय दार्चुलाका सूचना अधिकारी चित्रप्रकाश जोशीले बताउनुभयो । दार्चुलामा एकीकृत समाजवादी तुलनात्मक रूपमा कमजोर देखिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?