काठमाडौं । नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले लोकतात्रकै उपहास गरेको आरोप लगाउनुभएको छ ।
सभापतिकै गृहजिल्ला डडेलधुरामा प्रहरी बलमा पार्टीका वडा अधिवेशन थालिएकामा आपत्ति जनाउँदै नेता पौडेलले प्रधानमन्त्रीसमेत रहेका देउवाले प्रशासनिक दुरुपयोग गरेर लोकतन्त्रकै उपहार गरेको आरोप लगाउनुभएको हो ।
सामाजिक सञ्जालमा पौडेलले लेख्नुभएको छ, ‘नेपाली कांग्रेसका पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्ला डडेल्धुरामा जिल्ला सभापति तथा जिल्ला कार्यसमितिको सहमति र सहभागिता बेगर प्रशासनीक शक्तिको दुरुपयोग गरी नेपाली कांग्रेसको वडा अधिवेशन गराउनु लोकतन्त्रकै उपहास भयो ।’
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया