दार्चुलामा अशोक धामीको नेतृत्वमा ४१ सदस्यिय अखिल क्रान्तिकारी जिल्ला कमिटी चयन

दार्चुला । अखिल क्रान्तिकारी दार्चुलाको ८ औं जिल्ला सम्मेलन शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरमा विद्यार्थी नेता अशोक सिंह धामीको नेतृत्वमा ४१ सदस्यिय कमिटी चयन गरी सम्पन्न भएको छ। ८ औं जिल्ला सम्मेलन निवर्तमान अध्यक्ष राजेन्द्र डागांको अध्यक्षता एबं अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष एबं प्रदेश कमिटी सदस्य दिपक जोशीको प्रमुख आतिथ्यतामा औपचारीक कार्यक्रमका बिच सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश कमिटी सयोंजक मदन भुल, सह संयोजक भीम भट्ट, दिपक रोकाया, दिपक डिसी, पार्वती नेगी लगायतको विशिष्ट आतिथ्यता रहेको विद्यार्थी नेता नबिन विष्टले जानकारी दिनुभयो ।

अशोक सिंह धामीको अध्यक्षतामा चयन भएको जिल्ला कमिटीमा हरिश राम सार्की, राजेन्द्र रावल, रोहित जोशी र जगदीश कोट्टारी उपाध्यक्ष, नवीन बिष्ट सचिव, सुरेश रावल र राजेश्वरी डडाल सहसचिव, लक्ष्मी थापा कोषाध्यक्ष चयन हुनुभएको छ । विभिन्न क्षेत्र र भुगोल समेटेर समावेसिताका आधारमा कमिटी चयन गरिएको अखिल क्रान्तिकारीका जिल्ला इन्चार्ज अशोकसिंह धामीले जानकारी दिनुभयो ।

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?