मादी हत्याकाण्डका आरोपी पक्राउ

संखुवासभा । मादी हत्याकाण्डका आरोपी एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले छिमेकीलाई पक्राउ गरेको हो।

आरोपित हत्यारा उनीहरूका आफन्तै रहेको प्रहरी स्रोतले बताएको छ। आरोपितले आफूले हत्या गरेको स्वीकार गरेका छन्। यद्यपि अनुसन्धानकै क्रममा रहेकाले प्रहरीले आरोपितको नाम भने खुलाएको छैन।

संखुवासभाको मादी नगरपालिका–१, खोला गाउँका एकै परिवारका ६ जनाको सोमबार बिहान सामूहिक हत्या भएको थियो।

स्थानीय तेजबहादुर कार्कीको परिवारका सदस्यको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो।

५८ वर्षीया तेजबहादुर कार्की, उनकी आमा ८० वर्षीया पार्वता कार्की, श्रीमती ५६ वर्षीया मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दिपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको थियो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?