दार्चुला । पटकपटक विद्युत अवरुद्ध हुँदा दार्चुलाका सेवाग्राही आजित बनेका छन् । शुक्रबार राती देखि अवरुद्ध विद्युत अझै सुचारु नभएको सेवाग्राहीको गुनासो छ । गयरातीको हावाहुरी र चट्याङका कारण आधा क्षेत्रमा विद्युत सेवा अवरुद्ध रहेको विद्युत वितरण केन्द्र दार्चुलाले जनाएको छ ।
विद्युत अवरुद्ध हुदा बिजली बत्ती बाल्न, खाना पकाउन, मोबाइल चार्ज गर्न, विद्युतिय उपकरण सञ्चालन गर्न समस्या भएको सेवाग्राहीको गुनासो छ । दुई दिनसम्म विद्युत सञ्चालनमा नआउदा जिल्लाका अधिकासं सञ्चारमाध्यम समेत अनियमित बनेका छन् । दार्चुला सदरमुकाम खलंगामा वितरण गरिएको डुङरी जलविद्युत समेत एक वर्ष लामो समयदेबि बन्द हुँदा बैकल्पीक साधन नभएका सेवाग्राही अन्धकारमा बस्न बाध्य भएका छन् । गोकुलेश्वर क्षेत्रमा विद्युत सञ्चालनमा भएपनि खलंगा क्षेत्रको विद्युत लाइन अवरुद्ध बनेको कार्यालयले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया