दार्चुलामा १९ बर्षीय कृष्ण कांग्रेसको क्षेत्रीय प्रतिनिधि चयन

दार्चुला । दार्चुलाबाट १९ बर्षीय कृष्णसिंह रावल नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि चयन हुनुभएको छ । काग्रेशको १४ औं महाधिवेशन अन्तर्गत गत साता सम्पन्न भएको शैल्यशिखर नगरपालिका वडा नम्बर ५ को वडा अधिवेशनबाट आफू निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन भएको रावलले बताउनुभयो ।

कक्षा ७ मा पढ्दा नै काग्रेशको भातृ संस्था नेबि संघको एकाइ अध्यक्ष भएर राजनीतिमा लागेका रावल कक्षा ९ मा पढ्दा नेबि संघको जिल्ला सदस्य चयन हुनुभएको थियो । अहिले जिल्लाभरीका एक हजार तीन सय बढी क्षेत्रीय प्रतिनिधिमध्ये कान्छो प्रतिनिधिको रुपमा आफु छनोट भएको उहाँको भनाई छ ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा आवद्ध रावल सानै उमेरमा पार्टी राजनीतिमा सक्रिय हुनुभएको छ । नेपाली कांग्रेसमा युवा नेतृत्व आउनुपर्ने बताउँदै क्षेत्रीय प्रतिनिधि रावलले युवा र विद्यार्थीको आवाज बुलन्द गर्दै राजनीतिबाट समाजसेवा गर्ने ईच्छा रहेको बताउनुभयो । 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?