एकै परिवारका ६ जनाको हत्याका आरोपी सार्वजनिक, यस्तो रहेछ रहस्य

दार्चुला । सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या गरेको आरोप लागेका लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । २६ वर्षीय कार्कीलाई प्रहरीले हिजो पक्राउ गरेको थियो । लोकबहादुरले हत्या गरेको स्वीकार गरेको सङ्खुवासभा प्रहरीले जनाएको छ । गएको आइतवार राति स्थानीय बौदमान कार्की परिवारका पार्वती कार्की, तेजबहादुर कार्की, कमला कार्की, रञ्जना कार्की, दिपेन कार्की र गोमा कार्कीको हत्यामा भएको थियो ।

घटनामा ८५ वर्षका बौदमान भने सकुशल छन् । घटनापछि अनुसन्धान गर्न तालिम प्राप्त दुई वटा कुकुर ‘पिकु’ र ‘लैला’सहित प्रहरी उपरीक्षक (एसपी) भीम दाहाल नेतृत्वको टोली खटिएको थियो। लगत्तै दाहाल नेतृत्व टोली फर्किएपछि सीआईबीका डीएसपी रुगमबहादुर कुँवर नेतृत्वको टोली अनुसन्धानमा खटिएको थियो।

डीआईजी अरुण बीसीका अनुसार प्रहरीले व्यक्तिगत रिसिइबी, सुनियोजित हत्या, लुटपाटका लागि हत्या भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । तर घरमा भएको सम्पत्ति र मृतकले लगाएको गरगहना सुरक्षित भएकाले लुटपाटका लागि हत्या भएको पाइएन भने बाहिरबाट आएर घटना गराएको पनि देखिएन । अनुसन्धानका क्रममा लोकबहादुरमाथि अनुसन्धानको दायरा साँघुरो भएको उहाँले बताउनुभयो ।

लोकबहादुरले बताएअनुसार उनी वैदेशिक रोजगारीमा गएका थिए । तर पछिल्लो पटक विरामी भएर काम गर्न नसक्ने भएपछि फर्किएका थिए । आक्रमण र झैझगडा गर्ने उनले औषधि समेत खाइसकेको पाइएको डीआईजी बीसीले जानकारी दिनुभयो । लोकबहादुरका हजुरबुवा र मृतक तेजबहादुरका बुबा बौद्धमान दाजुभाइ थिए । लोकबहादुरका हजुरबुवाले आफ्नो मृत्यु हुने क्रममा तेजबहादुरलाई आफ्ना छोराहरुको पनि रेखदेख गर्न आग्रह गरेका थिए । परिवारको हर्ताकर्ता तेजबहादुर बेलाबेला उनीहरुको घरमा जाने र सम्झाउने गरेका थिए ।

लोकबहादुरले भने भनेको नमान्ने, अल्छी स्वभावका भएकाले तेजबहादुरले बेलाबेला गाली गर्थे । काम नलाग्ने, पागल जस्ता शब्द प्रयोग गरेर गरेको गाली लोकबहादुरको मनमा गढेको पाइएको प्रहरी अधिकृतहरुले बताएका छन् । घटना भएको दिन तेजबहादुरले खेताला आउन भनेका थिए । लोकबहादुर र उनका भाइलाई पनि बोलाइएको थियो । तेजबहादुर घटना हुने दिन पनि र बोलाउन गएका थिए । बाबु र भाइ घाँसका काट्न गएका थिए भने लोकबहादुर घरमै थिए ।

बिहानै उठाउँदा लोकबहादुर रिसाए । विगतदेखि नै आफूलाई गालीगलोज गरेको मनमा गढेको आक्रोश समेत भएकाले उनले तेजबहादुरलाई पछ्याउँदै गए । गोगनको रुख भएको स्थानमा पुगेपछि उनले टाउकोमा चिर्पटले हानेको पाइएको छ । २–३ पटक हानेपछि तेजबहादुर ‘लोकेले मा¥यो’ भनेर कराए । त्यो सुनेर घरमा भएकी उनकी श्रीमती कमला र बुहारी रञ्जना दौडिँदै आए । त्यो देखेपछि लोकबहादुरले तेजबहादुरको शवलाई कान्लामुनि धकेलिदिए र काकी भएतिर गए ।

उनलाई पनि त्यही चिपर्टले हाने र खोल्सा तल झारिदिए । त्यो देखेर बुहारी रञ्जना बेहोस भएर ढलिन् । उनी उठ्दानउ्ठदै लोकबहादुरले चिपर्टले हाने । कमला र रञ्जनालाई पछ्याउँदै आएका दुई नाबालक दिपेन र गोमालाई पनि लोकबहादुरले लखेटी–लखेटी चिर्पटले हानेर हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छ । एकै परिवारका ५ जनाको हत्यापछि उनी तेजबहादुरकै घरमा गए, जहाँ हजुरआमा पार्वती कुँडो पकाइरहेकी थिइन् । लोकबहादुरले उनको टाउको भित्तामा बजारेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको डीआईजी बीसीले जानकारी दिनुभयो ।

६ जनाको हत्या गरेपछि लोकबहादुर घरमा गए र घटनामा प्रयोग भएको चिर्पट कुँडो पकाउन बालेको आगोमा हालेको पाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?