दार्चुलाका दुई हजार परीक्षार्थीलाई खोप लगाइदै

दार्चुला । यहि भदौ ३० गतेबाट संचालन हुने कक्षा १२ को परीक्षामा सहभागी हुने दार्चुलाका दुई हजार बढी परीक्षार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाउन थालिएको छ । स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्लाका १८ वर्ष माथिका कक्षा १२ को परीक्षामा सहभागी हुने विद्यार्थीलाई आइतबारदेखि मंगलबारसम्म कोरोना विरुद्धको एस्ट्राजेनिका खोप लगाइदै छ ।

स्थानीय तहहरुको समन्वयमा परीक्षार्थीको तथ्याङक संकलन गरी सोहि संख्याको आधारमा दार्चुलाका ९२ वटा खोप केन्द्रमा कोरोना विरुद्धको खोप पठाएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना संक्रमण फैलिन नदिन जिल्लाभरी रहेका २७ वटै माध्यामिक विद्यालयहरुबाट (होमसेन्टरबाट) परीक्षा संचालन गर्ने गरी तयारी गरिएको छ । अहिलेसम्म पहिलो प्राथमिकताका नागरिक, बृद्धबृद्धा र शिक्षक, विद्यार्थी लगायत गरेर दार्चुलामा करिब ४० हजारले खोप पाएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?