शैल्यशिखरका ३० जना कार्यक्रता माओबादी केन्द्रमा प्रवेश

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाका ३० जना कार्यकर्ता नेकपा माओबादी केन्द्रमा प्रवेश गरेको दाबी गरिएको छ । कृष्ण भट्टको अध्यक्षता र मनोज सिंह धामीको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रममा शैल्यशिखर नगरपालिका वडा नम्बर ४ काडापारीका स्थानीय कार्यकर्ता माओबादीमा प्रवेश गरेका हुन् ।

माओबादी प्रवेश गर्नेहरुमा जनक ठगुन्ना, मोहन ठगुन्ना, नाना ठगुन्ना, मनबिर ठगुन्ना, रामा धामी, जयमल धामी, शुरेश धामी, देवराम महर लगायत रहेको कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका कलाकार मनोजसिंह धामीले जानकारी दिनुभयो । मनोजसिंह धामी, जयसिह ठगुन्ना र कृष्ण भट्टको समन्वयमा उनिहरु माओबादी केन्द्रमा प्रवेश गरेको बताइएको छ । पछिल्लो समय रानिशिखरमा धेरै जसो कार्यकर्ता पार्टी फेरबदल गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?