दार्चुला । समुदायमा सरकारी वकिल कार्यक्रम अन्तर्गत जिल्ला सरकारी वकील कार्यालय दार्चुलाको आयोजनामा खलंगास्थित पशुपति शिक्षा मन्दिरमा एक दिने कानुन सम्वन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । अभियोजनमा सुधार फौजादारी न्यायको आधार भन्ने मुल नाराका साथ समुदायमा सरकारी वकिल कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा दार्चुलाका निमित्त न्यायधिवक्ता लक्ष्मण खनालले सरकारी वकिल कार्यालयवाट नागरिकलाई प्रवाह हुने सेवा सुविधाका वारेमा पशुपति शिक्षा मन्दिरका शिक्षक र विद्यार्थीहरुलाई जानकारी गराउनु भएको थियो । सरकारवादी मुद्धाहरुमा पीडितलाई सरकारी वकील कार्यालयले आवश्यक सहयोग गर्ने खनालले बताउनुभयो ।
प्रहरी कार्यालयमा पीडित पक्षवाट दिएको निवेदनमा प्रहरीले आनाकानी गरे सिधै जिल्ला वकील कार्यालयमा आएर निवेदन दिन पीडितलाई उहाँले अनुरोध गर्नुभयो । निमित्त न्यायधिवक्ता खनालले कानुनका बारेमा शिक्षक, विद्यार्थीहरुलाई आधारभुत कुराहरु जानकारी गराउनुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करबिर बहादुर कार्कीले नागरिकहरुको मौलिक हकको रक्षा र प्रत्याभुतिको लागि राज्यको महत्वपुर्ण अङ्गको रुपमा न्यायपालिका रहेको बताउनुभयो ।
पशुपति शिक्षा मन्दिरका निमित्त प्रधानाध्यापक नविन जोशीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । समुदायमा सरकारी वकील कार्यक्रम अन्तरगत जिल्लाका विभिन्न विद्यालय र समुदायमा कानुन सम्बन्धी जनचेतनामुलक कार्यक्रम सञ्चालन हुँदै आएको छ । अपराधमा कानुनको अज्ञानता क्षम्य नहुने भएकोले कानुनबारे सबै नागरिक जानकार बन्नु आवश्यक रहेको सरकारी वकील कार्यालयले जनाएको पशुपति शिक्षा मन्दिरका शिक्षक भागरथी धामी खत्रीले जानकारी दिनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया