ताराकोट सहकारी संस्थाको २१ औँ साधारण सभा सम्पन्न

दार्चुला । ताराकोट बचत तथा ॠण सहकारी संस्थाको २१ औं साधारण सभा सम्पन्न भएको छ। नौगाड गाउँपालिका वडा नं ३ मा रहेको ताराकोट बचत तथा ॠण सहकारी संस्थाको २१ औं साधारण सभा बुधबार एक कार्यक्रमका बिच सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष धनिराम सिह ठगुन्नाको अध्यक्षतामा भएको कार्यक्रममा नौगाड गाउँपालिका अध्यक्ष प्रेम सिह धामीको प्रमुख आतिथ्यता रहेको थियो भने गाउँपालिकाका उपाध्यक्ष गौरी देवी ठगुन्ना र वडा नं ३ का वडा अध्यक्ष बहादुर सिह बोहरा विशिष्ट अतिथी रहनुभएको थियो । संस्थाका व्यवस्थापक प्रेम सिह ठगुन्नाले सञ्चालन गर्नुभएको कार्यक्रमा संस्थाको गत आर्थिक वर्षको आय व्यय विवरण समेत प्रस्तुत गरिएको छ ।

आर्थिक वर्ष २०७६।७७ मा संस्थाको कूल पूँजी तथा दायित्व अन्तरगत २ करोड १७ लाख ९हजार ७ सय ८६.८३ रहेकोमा, आर्थिक वर्ष २०७७।७८ मा रु ३ करोड ९ लाख ५ हजार ९ सय ३६.३७ पुगेको छ भने वृद्धिदर ६५.२९ रहेको छ।

यस्तै आर्थिक वर्ष २०७७।७८ मा संस्थाको कूल आम्दानी रु. ३४ लाख ५६ हजार ५७ रुपियाँ र खर्च २३ लाख १८हजार ८ सय ८२ रुपियाँ रहेको छ, भने कूल नाफा ११ लाख ३७ हजार १ सय ७५ रहेको सहकारी संस्थाका अध्यक्ष धनिराम ठगुन्नाले जानकारी दिनुभयो।

संस्थामा हालसम्म जम्मा ११६० जना सदस्य आबद्ध रहेका छन। कोभिड १९ को बन्दबन्दिका कारणले सदस्यको व्यवसायमा प्रभाव कारोबारमा कमी भई गत वर्षभन्दा यो वर्ष आम्दानी घटेको अध्यक्ष ठगुन्नाको भनाईलाई उदृत गर्दै स्थानीय सन्तोष ठगुन्नाले जानकारी दिनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?