दार्चुलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते

दार्चुला । दार्चुलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । खलंगाबाट गोकुलेश्वरतर्फ जादै गरेको मोटरसाइकल महाकाली नगरपालिका वडा नम्बर ५ खेट्टेबगडमा दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जना पुरुष घाइते भएका हुन् ।

घाइते हुनेमा जगदिश साउँद र हरकसिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घाइतेमध्ये साउँदको अवस्था गम्भीर रहेको बताइएको छ । घाइते दुबैजनालाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला ल्याइएकोमा थप उपचारका लागि धनगढी रेफर गरिएको छ ।

स्रोतका अनुसार साउद शैल्यशिखरका माओबादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका युवा नेता हुन भने धामी लेकम गाउँपालिका वडा नम्बर २ बाट निर्वाचित वडा अध्यक्ष भवान सिंह धामीका छोरा हुन् ।

बुधवार बेलुकी दार्चुला सदरमुकामबाट गोकुलेश्वरतर्फ गइरहेको सु.प.प्र ७४२७ नम्बरको मोटरसाइकल अनियन्त्रित हुदाँ दुर्घटना भएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?