सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने

काठमाण्डौ । आज बेलुका सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जनसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पानी पार्ने मनसुनी न्यूनचापीय रेखाको प्रभावका कारण बेलुका सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने र अरु प्रदेशमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

दिउँसो भने देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएर सुदूरपश्चिम,गण्डकी, लुम्बिनी,र कर्णाली प्रदेशका केही ठाउँमा मेघगर्जनसहित सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । अरु ठाउँमा पनि बद्ली भएर सामान्य खालको पानी पर्न सक्ने बताउनुभयो ।

भोलि र पर्सिको मौसम पनि यस्तै रहने उहाँको अनुमान छ । अबको केही दिन लगातार ठूलो पानी पर्ने वा झरी पर्ने सम्भावना भने नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?