दार्चुलासहित सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदै

दार्चुला । दार्चुला लगायत सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाइँदै छ । हरेक वर्ष असोज संक्रान्तिका दिन मनाइने बुढी पोल्ने पर्व दार्चुला,बैतडी लगायत सुदूरपश्चिमका बिभिन्न जिल्लामा धुमधामका साथ मनाईँदै छ ।

राक्षस पुतनालाई भगवान श्री कृष्णले मारेको सम्झनामा सुदूरपश्चिममा यो पर्व मनाइने गरिन्छ । यस पर्वमा गाईबस्तुको हेरचाह गर्ने गोठलाले भाद्र संक्रान्ति अर्थात् ओल्के पर्वको दिन सल्ला, बाँझ,खरसु आदिका रुखहरु काटेर बनाएको बुढीलाई जलाउने चलन रहेको छ । दार्चुलाको सबैजसो क्षेत्रमा आजको दिन गोठालाहरुले बुढी पोल्ने गर्छन । द्वापर युगमा राक्षस पुतनाले राजा कंशको आदेशमा भगवान कृष्णलाई दूधमा बिष मिलाएर मार्न लागेको वेला भगवान कृष्णले थाहा पाएर उल्टै राक्षसी पुतनाको रगत चुसी मारेको खुशीयालीमा सुदूरपश्चिममा यो पर्व मनाउने धार्मीक बिस्वास रहेको छ ।

जासुसी राक्षस पुतना दहनका लागि आज साँझ सबै घरबाट काँस, अमरिसोलगायत पाँच जातको घाँसले बेरेको राँको बनाएर बुढी पोल्ने ठाउँमा लैजाने गरिन्छ । दोबाटोमा जलाएको पुतना राक्षसको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलनसमेत रहेको छ । साँझ आकासमा तारा चम्केपछि मात्रै राक्षसी पुतनाको पुत्ला दहन गरिन्छ । यसो गर्दा गोठमा पालिने जनावरलाई कुनै प्रकारको रोग नलाग्ने धार्मिक विश्वास रहेको संस्कृतिका जानकार लेकम गाउँपालीका ५ मैखोलीका इन्द्रदेब जोशीले बताउँनुभयो । बूढी पोल्दा लुतो फाल्ने भन्दै युवाहरु काँक्रो चपाउँदै थुक्ने गर्दछन र नाम पुकार्दै लुतो लैजा भन्दै नाचगान समेत गर्छन् ।

यो पर्व सुदूरपश्चिमको पहाडी जिल्लाका साथै छिमेकी देश भारतको उत्तराञ्चलका कुमाउ गढवालमा पनि मनाइने गरिन्छ । तर पछिल्लो समयमा बुढी पोल्ने पर्बको रौनकता बिगत बर्षहरुको तुलनामा घटदै गएको पाइन्छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?