सुदूरपश्चिमको आर्थिक मामिला मन्त्रीमा तारा लामा तामाङ नियुक्त

दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारमा नवनियुक्त २ मन्त्रीले शुक्रवार शपथ ग्रहण गरेका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त तारा लामा तामाङलाई प्रदेश प्रमुख गंगाप्रसाद यादवले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

लगत्तै प्रदेश प्रमुख यादवको उपस्थितिमा मुख्यमन्त्री त्रिलोचन भट्टले आर्थिक मामिला तथा योजना राज्यमन्त्री माया तामाङ बोहरालाई शपथ गराएका छन् । मन्त्रीद्वय तामाङ र बोहरा नेकपा एकीकृत समाजवादीबाट नियुक्त गरिएका हुन् ।

पार्टी विभाजनपछि नेकपा एमालेमै रहेका निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले भदौ २२ गते पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?