संविधान दिवसमा जनस्वास्थ्य अधिकृत भट्टसहित दार्चुला र बैतडीका तीन जना विभूषित

दार्चुला । संविधान दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख एबं जनस्वास्थ्य अधिकृत जयराज भट्ट जनसेवाश्री पदकबाट सम्मानित हुनुहुने भएको छ । दार्चुलाबाट एक जना र बैतडीबाट दुई जना सम्मानित भएका हुन् ।

बैतडीबाट नेपाल क्रिकेट संघका केन्द्रिय अध्यक्ष चतुर बहादुर चन्द जनसेवाश्री पदकबाट सम्मानित हुनुहुने भएको छ । यस्तै पुर्चौडी नगरपालिका घर भएका तेक्वान्दो प्रशिक्षक एबं खेलाडी लक्ष्मण बहादर ऐर नेपाल प्रताप आभूषणबाट विभूषित हुनुहुने भएको छ ।

नेपाल सरकारले हरेक वर्ष संविधान दिवसका अवसरमा राष्ट्रिय हितमा योगदान गरेका विभिन्न क्षेत्रका दिग्गजलाई विभुषणबाट सम्मान गर्दै आएको छ ।

यसैबिच संविधान दिवसको अवसरमा दार्चुला कारागारबाट कसैको पनि कैद मिनाहा भएको छैन् । आवश्यक मापदण्ड नपुगेकोले कुनैपनि कैदीको बाँकी कैद सजाय मिनाहा नभएको दार्चुला कारागारका जेलर बिरेन्द्र धामीले बताउनुभयो । अहिले दार्चुला कारागारमा ५५ पुरुष र ४ महिला गरी ५९ जना कैदीबन्दी रहेका छन् ।

यस्तै संविधान दिवसको अवसरमा बैतडीमा एकजना कैदीको बाँकी कैद मिनाहा भएको छ । कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका मेलौली नगरपालिका १ का ललित भनिने सूर्य दयालको कैद मिनाहा भएको जिल्ला कारागार बैतडीले जनाएको छ । ८ बर्ष २ महिना कैद भुक्तान गरेका दयालको बाँकी ५ बर्ष २ महिना कैद मिनाहा भएको जिल्ला कारागार बैतडीका जेलर अनिल तिवारीले जानकारी दिए । दयाल २०७० साल श्रावण ४ गते कर्तव्य ज्यान मुद्दामा कारागार चलान भएका थिए । संविधान दिवसको अवसरमा कम्तीमा ५० प्रतिशत कैद भुक्तान गरेका मध्ये असल चालचलन भएका कैदीहरुको बाँकी कैद मिनाहा हुँदै आएको छ । सोही अनुसार दयालको बाँकी कैद मिनाहा भएको जेलर तिवारीले बताउनुभयो ।

यसैबिच संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बझाङका चार जना कैदी बन्दीको सजाय माफी दिनुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार बझाङका कर्तव्य ज्यान मुद्धा लागेका २ जना र बहुविवाह गरेका २ जना गरी ४ जनालाई राष्ट्रपतिले कैद सजाय माफी दिनुभएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?