दार्चुलामा आजदेखि १८ वर्ष माथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा लगाइदै

दार्चुला । सरकारले आजदेखि कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको छ । जिल्ला अनुसार विभिन्न उमेर समुह तोकेर खोप लगाउने तयारी पूरा भएको छ । आजदेखि १४ गतेसम्म खोपको पहिलो मात्रा लगाउन लागिएको हो ।

विभिन्न समयमा पहिलो डोज लगाएर दोस्रो मात्रा लगाउन छुटेकाहरुलाई पनि आजैदेखि खोप लगाइने छ । स्वास्थ्य मन्त्रालयले खोप लगाउन बाँकी सबै उमेर समुहकालाई खोप दिने भएको हो । तर सबै जिल्लामा एकैपटक सबै उमेर समुहलाई भने खोप लगाइने छैन ।

बाजुरा , दार्चुला, ताप्लेजुङ् , संखुवासभा , सोलुखुम्बु , रसुवा , हुम्ला , जुम्ला , मुगु र डोल्पा , जिल्लाका १८ बर्ष माथिका खोप लगाउन छुटेका सबै व्यक्ति, काभ्रे र चितवनका ३५ बर्ष माथिका सबै व्यक्ति, काठमाडौ, भक्तपुर, ललितपुर , मकवानपुर , रामेछाम , अछाम र सर्लाही जिल्लाका ४० बर्ष माथिका सबै व्यक्तिलाई खोप दिइंदै छ ।

यस्तै मनाङ् ,मुस्ताङ् , रुकुम पूर्व वाहेकका ५५ जिल्लाहरुमा ४५ बर्ष माथिका व्यक्तिहरुलाई खोप लगाउने जनाइएको छ । स्वास्थ्य मन्त्रालयले यही समूहका लागि कात्तिक ४ देखि १४ गते सम्म दोस्रो डोज खोप दिनेछ । सरकारले पछिल्लो पटक चीनवाट ६० लाख डोज भेरोसेल खोप ल्याएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?