दार्चुलासहित पहाडी जिल्लामा भूकम्पको धक्का

दार्चुला । दार्चुलासहित सुदूरपश्चिमका पहाडी जिल्लामा सोमबार भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार अपरान्ह साढे ४ बजे गएको भूकम्पले दार्चुला, बैतडी र बझाङलगायतका जिल्लामा धक्का महसुस गरिएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार ४.२ म्याग्नेच्युडको भूकम्पको केन्द्रबिन्दु दार्चुलाको दुहुँ गाउँपालिकाको खर्रा क्षेत्र आसपास रहेको जानकारी दिनुभयो । भूकम्पको क्षतीबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।

यसअघि गत भदौ २६ गतेपनि भारतको उत्तराखण्ड प्रदेशको उत्तराकाशी क्षेत्र केन्द्रबिन्दु भएर ५.३ म्याग्नेच्युडको भूकम्प गएको थियो । सुदूरपश्चिमको पहाडी क्षेत्रमा पटकपटक भुकम्पको धक्का महसुस हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?