काग्रेशको शैल्यशिखर नगरसभापतीमा बिष्टद्धारा उम्मेदवारी घोषणा, आधादर्जन दाबेदार

दार्चुला । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत शैल्यशिखर नगरपालिकामा नेता, कार्यकर्ताहरुले विभिन्न पदका लागि उम्मेदवारी घोषणा गरिरहेका छन् । अहिलेसम्म नगरसभापतीका लागि आधादर्जन नेताहरुले उम्मेदवारी दिने बताएका छन ।

सभापतीमा युवा नेता जगदिश बिष्ट र सचिवमा युवा नेता सुरेश बिष्टले औपचारीक रुपमा उम्मेदवारी घोषणा गरेका छन् । यस्तै शैल्यशिखर नगर समिति सभापतीका लागि अहिलेसम्म मोहनसिंह साउद, धर्मबहादुर खडायत, जगदिश बहादुर बिष्ट, तिलकबहादुर पाल, अशोकसिंह धामी र लक्ष्मणसिंह डागा गरी ६ जनाले आकाक्षां राखेको बताइएको छ । सबैले प्रथम नगरअधिवेसनबाट काग्रेशलाई बलियो बनाउन आफुहरुको उम्मेदवारी हुने दाबी गरेका छन् ।

गोकुलेश्वर माबिबाट २०६४ सालमा नेपाल विद्यार्थी संघ आवद्ध हुँदै काग्रेशको राजनीतिमा प्रवेश गरेका बिष्टले १४ औँ महाधिवेसन अन्तरगत आफुले नगर सभापती पदमा उम्मेदवारी दिने बताउनुभयो । युवाको प्रतिनिधित्व गर्दै जेष्ठ सदस्य र अग्रजहरुलाई समेत साथमा लिएर आफुले नगरपालिकामा नेतृत्व गर्न चाहेको उहाँको भनाई छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?