दार्चुला । लेकम गाउँपालिका वडा नम्बर ५ मा नेकपा एमालेको वडा अधिवेसन आयोजक कमिटी चयन गरिएको छ । वडा कमिटी अध्यक्ष केशवराज जोशीको अध्यक्षता र नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एबं लेकम गाउँपालिका अध्यक्ष परमानन्द जोशीको प्रमुख आतिथ्यतामा आयोजित भेलाबाट अधिवेसन आयोजक कमिटी चयन गरिएको हो ।
वडा अधिवेसन सम्पन्न गर्न बलदेब बोहरा संयोजक र केशवराज बिष्ट सचिव रहनेगरी २१ सदस्यिय वडा अधिवेसन आयोजक कमिटी गठन गरिएको नेकपा एमाले लेकम गाउँपालिका कमिटीले जनाएको छ । नेकपा एमालेले दार्चुलाका सबै वडामा संबिधान दिवसको दिन वडा अधिवेसन गर्ने निर्णय गरेको भएपनि केन्द्रिय निर्णय अनुसार अधिवेसनको मिति सारिएको छ । विधान अधिवेसन सम्पन्न भएपछि वडाको अधिवेसन आयोजना गरिने एमाले दार्चुलाले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया