दार्चुला । दार्चुलाको विकासका लागि नेपाली काग्रेशले काम नगरेको र एमालेले गरेका केहि कामहरुमा समेत अवरोध गर्न खोजेको पूर्वमन्त्री एबं नेकपा एमालेका नेता गणेशसिंह ठगुन्नाले आरोप लगाउनुभएको छ । आफ्नो सिफारिसमा केपी शर्मा ओली नेतृत्वको सरकारले लागु गरेका दार्चुलाका विभिन्न सडक योजना र कार्यक्रमहरु वर्तमान सरकारले काट्ने काम गरिरहेको उहाँको भनाई छ ।

दार्चुला तिकंर सडक निर्माणमा काग्रेशकै कारण ढिलाइ भइरहेको छ, पूर्व मन्त्री एबं प्रतिनिधिसभा सदस्य ठगुन्नाले भन्नुभयो, तिकंर सडक स्तरोन्नतीको बहुबर्षे फाइल वर्तमान सरकारले राष्ट्रिय योजना आयोगमा अड्काएको छ । २०७० सालसम्म एउटा योजनाको डिपिआर गर्न नसक्ने काग्रेशले एमालेले शुरु गरेका योजना रोक्ने काम गरिरहेको भन्दै विकासमा प्रतिस्पर्धा गर्ने भए नयाँ योजना हाल्न र जनताको बिचमा गइसकेका महत्तपूर्ण योजना काटेर विकासमा अवरोध नगर्न नेता ठगुन्नाले चुनौती दिनुएको छ । नेकपा एमाले दार्चुला काठमाण्डौँ सम्पर्क मञ्चको बिस्तारित भेलालाई सम्बोधन गर्दै नेता ठगुन्नाले स्थानीय तहका केन्द्र जोड्ने सडक, खलंगा बिटुले पारिबगर सडक, भर्तोला जोलजिवि लाली सडक लगायत महत्तपूर्ण सडक लगायत योजना, कार्यक्रमबाट बर्तमान परमादेशको सरकारले बजेट कटौती गरेको नेता ठगुन्नाको भनाई छ ।

दार्चुलाको विकासमा काग्रेशको कुनै योगदान नभएको बताउदै नेता ठगुन्नाले गोकुलेश्वर विमानस्थल, दार्चुला तिकंर सडक, खानेपानी, सडक, विद्युत, सञ्चार, स्वास्थ्य, शिक्षा, सिचाई लगायत विभिन्न क्षेत्रका योजना तथा कार्यक्रम आफ्नो कार्यकालमा अगाडी बढेको उहाँले उल्लेख गर्नुभयो । २०४८ सालदेखि २०७० सालसम्म काग्रेशका कारण विकास नभएकोप्रति इगिंत गर्दै उहाँले आफुले निर्वाचित भएपछि दार्चुलाको विकासको जग तयार गर्ने काम गरेको धारणा राख्नुभयो । दार्चुलामा नेकपा एमाले एकताबद्ध ढंगले अगाडी बढ्ने नेता ठगुन्नाले विस्वास व्यक्त गर्नुभयो ।

नेकपा एमालेका नेता ठगुन्नाले स्थानीय तहमा योजनाहरुलाई काग्रेशीकरण गर्दै एमालेका समर्थक जनता र कार्यकर्ताहरुमाथि दमन गर्ने काम भइरहेको बताउनुभएको छ । विभिन्न प्रलोभन दिएर जनता झुक्याउने काम काग्रेशले गरिरहेको नेता ठगुन्नाले बताउनुभयो । जनताको घरदैलोमा सिहदरवारको अधिकार पुगेकोले अब स्थानीय तहको निर्वाचनमा विजय हासिल गर्न कुनैपनि कसुर बाकी नराखिने ठगुन्नाको भनाई छ । पुरानो साथीको मुल्याङकन पार्टी संगठन र अभिलेखमा हुने र जनताको बिचमा जाने कुरामा सक्षम, भिजन भएको र जनताको प्रतिनिधित्व गर्न सक्नेलाई प्राथमिकता दिइने उहाँको भनाई छ ।

स्वर्गिय नेताहरु प्रेमसिंह धामी, बिरबहादुर ठगुन्ना जस्ता राष्ट्रबादी नेताहरुको भिजन, खुन पसिनाबाट बनेको पार्टीका कार्यकर्ता भएकोले एमालेले देशको विकास, राष्टियता र भगौलिक अखण्डताको सवाल सधै उठाउने र काम गर्ने गरेको उहाँको भनाई छ । एमालेको बलियो बिरासद भएका कारण कसैले चाहादैमा सितिबिति नढल्ने उहाँको भनाई छ । एमाले र माओबादी मिलेर बनेको नेकपाका अधिकासं नेता कार्यकर्ता एमालेमै रहेकोले दार्चुलामा एमालेले सहि ढंगले अगाडी बढ्न सके चुनाव सचिलै सित जित्न सकिने नेता ठगुन्नाले बताउनुभयो ।

आफु बिरामी भएर लामो समय जनताको बिचमा जान नसकेको बताउदै नेता ठगुन्नाले पार्टी बिचार र संगठनलाई जनताको घरदैलोमा पुर्याउन सबैले लाग्नुपर्ने बेला आएको बताउनुभयो । पार्टी विभाजन हुँदैमा चुनाव हारिन्छ भन्ने मानसिकता नराख्न समर्थक जनता र कार्यकर्तामा अनुरोध गर्दै उहाँले क्रियाशिलता, लगनसिलता र भिजनको आधारमा कार्यकर्ताको मुल्याङकन गरेर अगामी चुनावमा एमाले अगाडी बढ्ने बताउनुभयो ।

नेता ठगुन्नाको सम्बोधनसहितको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?