असारदेखि अवरुद्ध होपरीगाड-दल्लेख सडकखण्ड मर्मतपछि सञ्चालनमा

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा पर्ने देथला खार खलंगा सडक अन्तरगत होपरीगाडदेखि दल्लेखसम्मको सडकखण्ड मर्मत गरी सञ्चालनमा आएको छ । गत असार २३ र २४ गते भएको अबिरल वर्षाका कारण आएको वाढीले क्षतिग्रस्त देथला खार खलंगा सडक खण्डको होपरीगाड देखि दल्लेख सम्मको अबरुद्ध सडक सञ्चालनमा आएको स्थानीय सन्तोषसिंह ठगुन्नाले जानकारी दिनुभयो ।

नौगाड गाउँपालिकाले बिगत एक महिना देखि मेसिन र कामदारहरू परिचालन गरेर सडक मर्मत गरेसंगै मंगलरबारबाट होपरीगाड दल्लेख सडक पुनः सुचारू भएको ठगुन्नाले बताउनुभयो । देथला खार खलंगा सडक बर्षाको समयमा पटकपटक अवरुद्ध हुने गरेको छ । सडक अवरुद्ध हुँदा पैदल यात्रु र यातायातका साधन सञ्चालन गर्न समस्या हुने गरेको छ ।

सायद घरबाहिर को तस्बिर हुनसक्छ

सायद रूख, हिमाल, आकाश तथा  प्रकृति को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?