दार्चुलामा उत्कृष्ट स्वास्थ्यकर्मी र स्वास्थ्यशाखा सम्मानित

दार्चुला । जिल्ला अस्पताल दार्चुला र सबै स्थानीय तहबाट उत्कृष्ट कार्य सम्पादन गर्ने स्वास्थ्यकर्मीलाई एक कार्यक्रमको आयोजना गरी प्रमाणपत्र सहित दोसल्ला ओडाएर सम्मानित गरिएको छ । गत आर्थिक वर्षमा उत्कृष्ट कार्यसम्पादन गरेका र कोभिड–१९ को महामारीका समयमा उल्लेख्य भूमिका खेलेका स्वास्थ्यकर्मीलाई सम्मान गरिएको हो । स्वास्थ्य कार्यालय दार्चुलाले आर्थिक वर्ष २०७७।०७८ को स्वास्थ्य कार्यक्रमको प्रगति सम्बन्धी बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठीको अवसरमा उत्कृष्ट स्वास्थ्यकर्मीहरुलाई सम्मानित गरेको जास्वास्थ्य अधिकृत जयराज भट्टले जानकारी दिनुभयो ।

जिल्ला अस्पताल दार्चुलामा कार्यरत एनेस्थेसिया बागेश्वर प्रसाद मिश्र र ल्याब असिस्टेन्ट दिपकराज विष्टलाई सम्मानित गरिएको छ । यस्तै शंकरपुर स्वास्थ्य चौकी पस्तीका सुन्दरी बोहरा, स्वास्थ्य चौकी सर्मौलीका हर्कबहादुर पाल, स्वास्थ्य चौकी हिकिलाका प्रेमसिह धामी, स्वास्थ्य चौकी खण्डेश्वरीका ऐल्या धामी, घुसा स्वास्थ्य चौकीका रुपसिह ठगुन्ना, धौलाकोट स्वास्थ्य चौकीका कमला खडायत, धुलीगडा स्वास्थ्य चौकीका सेवादत्त भटट, बोहरीगाउँ स्वास्थ्य चौकीका दमयन्ती जोशीलाई उत्कृष्ट कार्यसम्पादन गरेवाफत सम्मानित गरिएको छ । यस्तै रिठाचौपाता स्वास्थ्यचौकीका प्रमुख अम्बादत्त जोशी, खण्डेश्वरी स्वास्थ्य चौकीका सिनियर अहेव प्रमोद चौधरी, भगवती स्वास्थ्य चौकीका राजिव भट्ट, देथला स्वास्थ्य चौकीका लोकेश चन्द, धाप स्वास्थ्य चौकीका देवसिह फर्सवान, लटिनाथ स्वास्थ्य चौकीका बसन्त खत्री, सुनसेरा स्वास्थ्य चौकीका जमन बडाल, पिपलचौरी स्वास्थ्य चौकीका ईश्वरी भट्ट र खार स्वास्थ्य चौकीका गोविन्द ठगुन्नालाई सम्मानित गरिएको जनस्वास्थ्य अधिकृत भट्टले बताउनुभयो ।

स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्लाका ९ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरुलाई पनि सम्मानित गरिएको छ । मिडियामार्फत स्वास्थ्यको बारेमा प्रचारप्रसार गरेर सहयोग पुर्याएको भन्दै नेपाल पत्रकार महासंघ दार्चुला शाखालाई पनि सम्मान गरिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सिमित स्रोत साधनका बिच समेत उत्कृष्ट काम गरेको भन्दै कार्यक्रमका बक्ताहरुले स्वास्थ्यकर्मीहरुको प्रशंसा गरेका थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?