दार्चुला । मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मडमा ट्राफिक प्रहरी पोष्ट स्थापना भएको छ । पोष्टको बुधबार एक कार्यक्रमका बिच मालिकार्जुन गाउँपालिकाका उपाध्यक्ष पुष्पा अवस्थी (मेनुका) र दार्चुला प्रहरी प्रमुख डिएसपी मनोहर प्रसाद भट्टले उद्घाटन गर्नुभएको हो ।
ट्राफिक प्रहरी पोष्ट स्थापना भएपछि छोटो तथा लामो दूरीमा चल्ने सवारीसाधन चेकजाँच गर्न सहज हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाका प्रमुख हिक्मत महताले बताउनुभयो । गृह मन्त्रालयको आदेशमा मालिकार्जुनमा पोष्ट स्थापना गरिएको बताइएको छ । दार्चुलामा अहिले ८ जना ट्राफिक प्रहरीको दरबन्दी रहेको छ । ट्राफिक प्रहरीको जनशक्ति न्यून भएकै कारण ट्राफिक नियमको उल्लङघनका घटनामा कमि आउन सकेको छैन् ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया