दार्चुला । लेकम गाउँपालिकाको केन्द्र रातामाटामा प्रहरी चौकी स्थापना हुने भएको छ । विहिबार (आज) दिउँसो प्रहरी चौकीको उद्घाटन गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । रातामाटामा गाउँपालिकाको केन्द्र तोकिएकोले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रहरी चौकी स्थापना गर्न लागिएको बताइएको छ ।
प्रहरी चौकी उद्घाटनका लागि डिएसपी मनोहरप्रसाद भट्ट लगायतको टोली विहिबार रातामाटा आउन लागेको इलाका प्रहरी कार्यालय रिठाचौपाताले जनाएको छ । जिल्ला सुरक्षा समितिको सिफारिस तथा गृह मन्त्रालयको अनुमतिमा प्रहरी चौकी स्थापना हुन लागेको बताइएको छ । रातामाटामा सुरक्षा व्यवस्थापन र भौतिक पुर्वाधारको अभाव रहेकोले स्थापनाकालदेखि नै गाउँपालिकाको प्रशासकिय कामकाज खरकडाबाट सञ्चालन भइरहेको छ । पछिल्लो समय स्थानीयहरुले गाउँपालिकाको स्थायी केन्द्र रातामाटाबाट कार्यालय सञ्चालन गर्न दबाब बढाएका छन् ।
बुधबार मात्रै मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मडमा ट्राफिक प्रहरी पोष्ट स्थापना भएको छ । पोष्टको बुधबार एक कार्यक्रमका बिच मालिकार्जुन गाउँपालिकाका उपाध्यक्ष पुष्पा अवस्थी (मेनुका) र दार्चुला प्रहरी प्रमुख डिएसपी मनोहर प्रसाद भट्टले उद्घाटन गर्नुभएको हो । ट्राफिक प्रहरी पोष्ट स्थापना भएपछि छोटो तथा लामो दूरीमा चल्ने सवारीसाधन चेकजाँच गर्न सहज हुने विस्वास गरिएको छ । ट्राफिक प्रहरीको जनशक्ति न्यून भएकै कारण ट्राफिक नियमको उल्लङघनका घटनामा कमि आउन सकेको छैन् ।
स्थानीय, देश र दुनियाँका प्रमुख डोटेली रैबार हेर्न र सुन्नका लागि यहाँ क्लिक गर्नुहोस
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया