शैल्यशिखरमा बिष्टसहित १० जना कार्यकर्ता एमाले प्रवेस

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा नेकपा एमालेले राजनीतिक गतिविधि बढाउन थालेको छ । बुधबार आयोजित नगर कमिटीको बैठकमा नेपाली कांग्रेश परित्याग गरी युवा व्यापारी रमेश बिष्ट (बैदार) सहित १० जना कार्यकर्ता नेकपा एमाले प्रवेश गरेको नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एबं नगर इन्चार्ज बिजयसिह धामीले जानकारी दिनुभयो ।

लामो समयदेखि कांग्रेशको राजनीतिमा क्रियाशिल बिष्टले नेकपा एमालेको शिद्धान्त, नीति तथा कार्यक्रम मन पराएर एमाले पार्टीमा प्रवेस गरेको बताउनुभयो । स्थानीय तहको निर्वाचनमा कांग्रेशलाई विजय गराउन धेरै मेहनत गरेको भएपनि जनप्रतिनिधिहरुले जनताको आवश्यकता र भावना अनुसार काम नगरेपछि एमाले प्रवेस गरेको नवप्रवेसीहरुले बताएका छन् । शैल्यशिखरमा चरम अनियमितता र भ्रष्टाचार भइरहेको एमालेको आरोप छ । अहिले पार्टीको अधिवेसन र अगामी निर्वाचनलाई लक्षित गरेर संगठन सुदृढिकरणको काम भइरहेको एमाले जिल्ला कमिटी सचिवालय सदस्य धामीले बताउनुभएको छ ।

No description available.

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?