दार्चुला । दार्चुलामा घरको छतबाट लडेर गम्भीर घाइते भएका एक पुरुषको ज्यान गएको छ । जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा महाकाली नगरपालिका वडा नम्बर ७ धापका २५ वर्षीय विरेन्द्र रैखोलाको मृत्यु भएको हो ।
धापकै झुसे ओडको घरमा वाइरिङ गर्ने क्रममा छतबाट लडेर घाईते भएका रैखोलाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । रैखोलाको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि धनगढी रेफर गर्ने तयारी भइरहदा मृत्यु भएको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया