अपिहिमालमा बुधबारदेखि तालाबन्दी (भिडियोसहित)

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकाको वडा नम्बर ३ को कार्यालय र गाउँपालिका कार्यालयमा बुधबारदेखि तालाबन्दी गरिएको छ । वडा नम्बर ३ काटै र राताभीटा लगायत टोलका स्थानीयले वडा नम्बर ३ को कार्यालय र गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् ।

वडा नम्बर ३ को विभाजन तथा वडा कार्यालय भवन सार्न खोजेको भन्दै स्थानीयले तालाबन्दी गरेको बताइएको छ । वडा कार्यालयमा ताला लगाउँदा जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता नविकरण लगायत कामकाज प्रभावित भएको छ । ताला खुलाउने विषयमा शनिबार (आज) छलफल गर्ने तयारी भइरहेको छ । सुरक्षा व्यवस्थापनका लागि इलाका प्रहरी कार्यालय लटिनाथबाट समेत प्रहरी टोली खण्डेश्वरी पुगेको छ ।

स्थानीयदेखि देश, दुनियाँका प्रमुख समाचार हेर्न यहाँ क्लिक गर्नुहोस

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?