महराको नेतृत्वमा दुहुँका बाढीपहिरो पीडितका लागि तीन लाख ९५ हजार सहयोग संकलन

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकामा गत भदौँ १३ गते आएको बाढी पहिरो पीडितका लागि सोसियल भोलेन्टियरस ग्रुप दार्चुलामार्फत तीन लाख ९५ हजार बढी आर्थिक सहयोग संकलन भएको छ । अधिवक्ता कृष्ण महराको नेतृत्वमा देश, विदेशमा रहेका सहयोगी मनहरुले बाढी पहिरो पीडितका लागि तीन लाख ९५ हजार ३३ रुपैँया सहयोग गरेका हुन् ।

सोसियल भोलेन्टियर ग्रुप दार्चुलामार्फत स्वस्फुर्त रुपमा शनिबारसम्म आर्थिक, नैतिक र भौतिक सहयोग गरी दुःखको यस घडीमा साथ सहयोग गर्नुहुने स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण व्यक्तिहरुलाई अधिवक्ता महराले हार्दिक आभार एवं कृतज्ञता ज्ञापन गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत आर्थिक हिसाब सार्वजनिक गर्दै महराले लेख्नुभएको छ , बाढी र पहिरोले सारा श्रीसम्पति बगाई उठिबास लगाएको यस दुःखद घडीमा यहाँहरुले मनैदेखि गर्नुभएको सहयोग र दिनुभएको साथप्रति व्यक्तिगत रुपमा म सधैं ऋणी एवं कृतज्ञ रहनेछु । हालसम्म दुहुँका बाढी–पहिरो पीडितका लागि संकलन भएको तीन लाख ९५ हजार तेत्तीस रुपैँया पैसट्ठी पैसा दुहुँबासी आम बाढीपीडित, दुहुँ गाउँपालिका हिकिला, वडा नम्बर २ र ५ लगायत सरोकारवाला अन्य निकायहरुसंगको समन्वय र सहकार्यमा वितरण गरिने उहाँले बताउनुभयो ।

संकलित रकममध्ये अमेरिकाबाट ८९ हजार १६९ रुपैया, मलेशियाबाट ५५ हजार ६२० रुपैया, दुबैईबाट २९ हजार ६५५ रुपैया, जापानबाट १३ हजार ८३७ रुपैया, भारतबाट आठ हजार रुपैया, अष्ट्रेलियाबाट सात हजार नौँ रुपैया, कुबेतबाट दुई हजार रुपैया र बाँकी नेपालबाट एक लाख ८९ हजार ७३५ रुपैया गरेर जम्मा तीन लाख ९५ हजार ३३ रुपैया संकलन भएको महराले बताउनुभयो । विदेशको प्रचण्ड गर्मीमा काम गरेर होस् वा स्वदेशमै आफ्नो एक महिनाको खाजा खर्च कटाएर होस्, यहाँहरुले लगाउनु भएको गुन हामी दुहुँबासीहरुको मन मनमा बस्नेछ, महराले भन्नुभयो, सदा अविस्मरणीय रहनेछ । बाढीको क्षतिले मन रोएपनि बाढी–पहिरो पीडितहरुको सहयोगार्थ आर्थिक सहयोग संकलन अभियानको नेतृत्व गरी मेरा छिमेकी आम दुुहुँबासी आमाबुवा–दाजुभाई दिदिबहिनीहरुलाई दुःखको बेला साथ दिन पाउँदा खुसी लागेको उहाँको भनाई छ ।

हालसम्म ६१ जनाले आर्थिक सहयोग गरेका छन् । आर्थिक सहयोग गर्ने, बाढी पहिरो पिडितको उद्धार, राहात र पुनस्थापनाका लागि खटिने तथा आर्थिक, भौतिक, नैतिक सहयोग गर्ने सबैलाई अधिवक्ता महराले सामाजिक सञ्जालमार्फत धन्यबाद ज्ञापन गर्नुभएको छ ।

हेर्नुहोस महराले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको आर्थिक तथ्याङक र बिचार जस्ताको त्यस्तै:-

मलाई विश्वास गरी सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी मनहरुप्रति समर्पित ! यहाँहरु सबैप्रति हार्दिक आभार एवं कृतज्ञता ज्ञापन गर्दछु ।
गत भदौ १३ गत्ते दार्चुला जिल्ला स्थित दुहुँ गाउँपालिकामा भीषण वर्षापश्चात आएको बाढी र पहिरोमा परी घरबार विहीन भएकाहरुका लागि Social Volunteers’ Group Darchula मार्फत स्वस्फुर्त रुपमा आजका दिनसम्म आर्थिक, नैतिक र भौतिक सहयोग गरी दुःखको यस घडीमा साथ सहयोग गर्नुहुने स्वदेश तथा विदेशमा बस्नुहुने सम्र्पुर्ण व्यक्तित्वहरुप्रति हार्दिक आभार एवं कृतज्ञता ज्ञापन गर्दछु ।
बाढी र पहिरोले सारा श्रीसम्पति बगाई उठिबास लगाएको यस दुःखद घडीमा यहाँहरुले मनैदेखि गर्नुभएको सहयोग र दिनुभएको साथप्रति व्यक्तिगत रुपमा म सधैं ऋणी एवं कृतज्ञ रहनेछु । हालसम्म दुहुँका बाढी–पहिरो पीडितका लागि यहाँहरुले गर्नुभएको सहयोग जम्मा रु. ३,९५,०३३.६५/– (अक्षेपी तीन लाख पञ्चानब्बे हजार तेत्तीस रुपैँया पैसट्ठी पैसा) रहेको छ । उक्त रकम दुहुँबासी आम बाढीपीडित, दुहुँ गाउँपालिका हिकिला, वडा नं. २ र ५ लगायत सरोकारवाला अन्य निकायहरु संगको समन्वय र सहकार्यमा वितरण गरिनेछ ।
हालसम्म संकलन भएको जम्मा रकम रु. रु. ३,९५,०३३.६५/–
जसमध्ये अमेरिकाबाट रु ८९,१६९.६५ /–
मलेशियाबाट रु. ५५,६२०/–
दुबईबाट रु. २९,६५५/–
जापानबाट रु.१३,८३७ /–
भारतबाट रु. ८,०००/–
अष्ट्रेलियाबाट रु.७,००९ /–
कुबेतबाट रु. २,००८/–
र बाँकी नेपालबाट रु.१,८९,७३५/–
गरी जम्मा ३,९५,०३३.६५/–संकलन भएको छ ।
क्षतिको हिसाबले यो रकम थोरै हुनसक्छ तर दुःखको बेला स्वस्फुर्त रुपमा गरिएको यो सहयोगलाई हामीहरुले रकममा गणना गरेर सानो ठान्नु हुँदैन ।
विदेशको प्रचण्ड गर्मीमा काम गरेर होस् वा स्वदेशमै आफ्नो एक महिनाको खाजा खर्च कटाएर होस्, यहाँहरुले लगाउनु भएको गुन हामी दुहुँबासीहरुको मन मनमा बस्नेछ, सदा अविस्मरणीय रहनेछ । आफ्नो गाउँ, टोल छिमेकमा यत्ति ठुलो विपत्ती आईलाग्दा कसको मन नरोला र !
बाढीको क्षतिले मन रोएपनि बाढी–पहिरो पीडितहरुको सहयोगार्थ आर्थिक सहयोग संकलन अभियानको नेतृत्व गरी मेरा छिमेकी आम दुुहुँबासी आमाबुवा–दाजुभाई दिदिबहिनीहरुलाई दुःखको बेला साथ दिन पाउँदा खुसी नै लागेको छ ।
आर्थिक सहयोगका लागि अमेरिकामा बस्नुहुने Pradip Khadayatज्यू, बलभद्र खडायत ज्यू र Hotaram Adhikari ज्यू, मलेशियामा बस्नुहुने प्रिय भतिज Prachand Singh Mahara र वहाँका साथीहरु, जापानमा बस्नुहुने Sanja Bhandari ज्यू, Ramesh Bhatta Shirish ज्यू र उज्वल ठकुरीज्यू, अष्ट्रेलियाबाट Yash Pasionate पुष्कर समालज्यू र प्रिय बहिनी अञ्जनी बडाल, दुबईबाट सुप समाज दुबईका अध्यक्ष दान सिंह महराज्यू र Surendra Bdr Khadayat ज्यू, आदरणीय दाईद्वय Ram Lion Dhami ज्यू र जयराज जोशीज्यू, भारतबाट Rajan Dhami ज्यू लगायत वहाँका साथीहरु, कुबेतबाट गगन Gagan Bist ज्यूलगायत नेपालबाट सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी मनहरुप्रति आभारी छु ।
यहाँ सबै सहयोगीहरुको नाम उल्लेख गर्न नसकिएपनि प्रतिवेदनमा सबै सहयोगी मनहरुको नाम समेटिने जानकारी गराउँदछु । यहाँहरुले म सामान्य व्यक्तिलाई गर्नुभएको विश्वासप्रति म कृतज्ञ छु । यहाँहरुले मलाई गर्नुभएको विश्वासको उच्च सम्मान गर्नेछु र यहाँहरुको भरोसालाई म किमार्थ डग्मगाउन नदिने प्रतिवद्दता व्यक्त गर्दछु । हालसम्म Social Volunteers’ Group Darchula मार्फत आर्थिक सहयोग गर्नेहरु ६१ जना रहेका छन् जसमा सुदुरपश्चिम सेवा समाज युएईले समाजको तर्फबाट, मलेशियाबाट भतिज प्रचण्ड महराले आफु लगायत आफ्ना साथीहरुको तर्फबाट र भारतबाट राजन धामीज्यूले आफु लगायत आफ्ना नेपाली साथीहरुको तर्फबाट सामुहिक रुपमा सहयोग गर्नुभएको छ ।
दुःखको बेला मेरो मनले चाहेजति भौतिक तथा अन्य सहयोग गर्न नसकेकोमा आम दुुहुँबासी आमाबुवा–दाजुभाई दिदिबहिनीहरुसंग क्षमा चाहन्छु । भौतिक रुपमै खटिएर बाढी र पहिरो पीडितहरुलाई सहयोग गर्नुहुने सम्पुर्ण दुहुँबासी दाजुभाई, दिदिबहिनी, गरमोरा युवा समाजका सम्पुर्ण युवा लगायत दुहुँका सम्पुर्ण युवाहरु, दुहुँ गाउँपालिकाका अध्यक्ष पुलेन्द्र ब कार्कीज्यू, वडा न २ का वडाध्यक्ष गाेविन्द डडालज्यू, वडा न ५ का अध्यक्ष दाैलत सिह महराज्यू लगायतका अन्य जनप्रतिनिधी, जिल्ला समन्वय प्रमुख आदरणीय करबिर ब कार्कीज्यू सम्पुर्ण कर्मचारी, SWS, CRDS लगायत अन्य सामाजिक संस्थाहरु धन्यवादका पात्र छन् ।
दुःखको बेला आफ्नो ज्यानको परवाह नगरी उद्दारमा खटिने नेपाली सेना, नेपाल प्रहरी एवं सशस्त्र प्रहरी बल नेपालको योगदानलाई म कहिल्यै विर्सन सक्दिन । बाढी पहिरो पश्चात उद्दार र राहतमा शीघ्र खटिने नेपाल रेडक्रस सोसाइटी दार्चुला, बाढी पहिरोको घटनास्थलमै गएर समाचार संकलन गर्नुहुने सम्पुर्ण सञ्चारकर्मीहरु र आवश्यक समन्वय, सहयोग र निर्देशनका लागि प्रमुख जिल्ला अधिकारीज्यू, प्रहरी प्रमुख एवम् नेपाली सेना गुल्मपति एवम् सशस्त्र प्रहरीका गणपतीज्यूप्रति निकै नै आभारी छु ।
उद्दारमा सुरुदेखि निकै नै समन्वय गरिरहुनुभएका र पछि बाढीको क्षति र पीडितहरुको पीडा बुझी आवश्यक पहल गर्न भौतिक रुपमा बाढी पहिरो पीडित स्थलमै पुग्नुभएका सुदुरपश्चिम प्रदेशका माननीय उप सभामुख निर्मला बडालज्यू, घाइतेहरुको उद्दार⁄उपचारमा समन्वय लगायत अन्य सहजीकरण गर्नुुहुने सुदुरपश्चिम प्रदेशसभा सदस्य माननीय गेल्बु बोहरा ज्यू, सुदुरपश्चिम प्रदेशका पर्यटन मन्त्री माननीय मान ब. धामीज्यू, बाढीपीडतहरुको उद्दार र पुनस्थापनामा संघीय सरकारलाई निरन्तर घच्घच्याईरहनुहुने पुर्व मन्त्रीद्धय माननीय गणेश सिंह ठगुन्ना र माननीय दिलेन्द्र प्रसाद बडुज्यू लगायत बाढीपीडितहरुको उद्दार, राहात, एवं पुनस्थापनामा प्रत्यक्ष परोक्ष रुपमा सहयोग गर्नुहुने सबैप्रति हार्दिक आभार एवं कृतज्ञता व्यक्त गर्दछु ।
अन्तमा,
आफ्नै छरछिमेकमा यतिठुलो विपत्ती आईलाग्दा पनि चाहेजति सहयाेग गर्न नसकेकोमा आम दुहुँबासी आमाबुवा, दाजुभाई दिदिबहीनीहरुसग क्षमा माग्दै बाढीले घरबार विहीन हुनुभएका दुहुँ ५ स्थित गरमोरा, बत्थोली, नौमुडे, दुल्ला, सुतखोला र सिमार एवं दुहुँ २ स्थित नरोली, अफर्या, राताका आम आमाबुवा, दाजुभाई दिदिबहीनीहरुलाई म तपाईहरु संगै र साथमा रहेको र अबको केही हप्तामा यहाँहरु सबैलाई भेट्ने जानकारी गराउँदै उक्त विनासकारी बाढी र पहिरोमा परी मृत्यु हुनुभएका दुहु १ बास्पालीका आदरणीय अंकल नरसिंह महरा र आन्टी कौशादेवी महरा, दुहुँ ५ दुल्लाका आदरणीय दाई मनुवा डडाल एवं महाकाली न.पा. १ मलेरा निजाङका भिनाजुद्धय शेरसिंह कार्की र हरकसिंह कार्कीज्यूप्रति हार्दिक श्रदाञ्जली एवं शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।
अधिवक्ता कृष्ण सिह महरा
दुहुँ-५, गरमाेरा दार्चुला
हाल काठमाडो
अध्यक्ष
Social Volunteers’ Group Darchula

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?