दार्चुला । दार्चुलाको नौँ वटा स्थानीय तहमध्ये अहिलेसम्म चार वटा स्थानीय तहमा सहमतिमै नेतृत्व चयन भएको छ । कांग्रेश दार्चुलाका अनुसार नौगाड गाउँकार्यसमिति सभापतीमा प्रेमसिह धामी, मालिकार्जुन गाउँपालिका सभापतीमा किसन सामन्त, अपिहिमाल गाउँपालिका सभापतीमा शोभानसिह लोथ्याल र मार्मा गाउँपालिका सभापतीमा धनन्जय जोशी सर्वसहमतीमै सभापती चयन हुनुभएको छ । लेकम गाउँपालिकामा निर्वाचनमार्फत मोहनदेब जोशीलाई पराजित गर्दै कमलापती मिश्र सभापती चयन हुनुभएको छ ।
जिल्लाको शैल्यशिखर नगरपालिका, महाकाली नगरपालिका, व्यास गाउँपालिका, दुहुँ गाउँपालिका अहिलेसम्म सहमति हुन सकेको छैन् । सहमतिको प्रयास भइरहेको र शनिबार सहमति नभए आइतबार बिहान निर्वाचनमार्फत नेतृत्व चयन गरिने कांग्रेशले जनाएको छ । शैल्यशिखर र महाकालीमा सभापतीका लागि चार चार जनाको उम्मेदवारी परेको छ । महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकामा कांग्रेशको पालिका सभापती लगायत पदाधिकारीहरुमा सहमति जुट्न सकेको छैन् । दुबै नगरपालिकामा चार चार जनाले सभापतीमा उम्मेदवारी दर्ता गरेको बताइएको छ । शैल्यशिखरको नगर समिति सभापतीका लागि जगदिश बहादुर बिष्ट, मोहनसिह साउद, रामदत्त जोशी, लक्ष्मणसिह डागाले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै उपसभापतीमा मानसिह खडायत, गोबिन्द प्रसाद जोशी, अशोकसिह धामी, महेशसिह बिष्टको उम्मेदवारी छ । सचिवमा सुरेशसिह बिष्ट, जनकराज जोशी, तिलकबहादुर पाल, सहसचिव देबदत्त जोशी, डम्बरसिह ठगुन्ना, नविन पार्की र अपागंमा केशवराज जोशीको उम्मेदवारी छ । नगरकार्यसमिति सदस्यका लागि ३५ जनाको उम्मेदवारी परेको नेबिसंघ जिल्ला कार्यसमिति सदस्य तथा क्षेत्रीय प्रतिनिधि कृष्णसिह रावलले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार सहमतिको प्रयास गरेर सहमति नभए आइतबार विहान १० बजे निर्वाचन गर्ने तयारी छ । महाकाली नगरपालिकामा सभापतीका लागि तरुणप्रसाद अवस्थी, चन्द्रसिह बिष्ट, लोकमणी ठगुन्ना र तारादत्त जोशीको उम्मेदवारी परेको छ । दुहुँ र व्यास गाउँपालिकामा समेत सहमति जुट्न सकेको छैन् ।
चौधौं केन्द्रीय महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका अनुरुप असोज ९ गते गाउँ र नगरपालिकाको अधिवेशन हुने तय भए अनुसार दार्चुलाका सबै स्थानीय तहमा अधिवेशन भएको छ । काँग्रेसले दार्चुलाका ६१ वटै वडामा यसअघिनै अधिवेशन सम्पन्न गरिसकेको छ । ६१ मध्ये ६० वडामा सहमतिमै नेतृत्व चयन भएको थियो । बाँकी पालिकाहरुमा समेत सहमतीमै नेतृत्व चयनको प्रयास भइरहेको कांग्रेश दार्चुलाले जनाएको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।






प्रतिक्रिया