दार्चुला । दार्चुलाको शैल्यशिखर र महाकाली नगरपालिकामा सभापतीका लागि चार चार जनाको उम्मेदवारी परेको छ । महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकामा कांग्रेशको पालिका सभापती लगायत पदाधिकारीहरुमा सहमति जुट्न सकेको छैन् । दुबै नगरपालिकामा चार चार जनाले सभापतीमा उम्मेदवारी दर्ता गरेको बताइएको छ ।
शैल्यशिखरको नगर समिति सभापतीका लागि जगदिश बहादुर बिष्ट, मोहनसिह साउद, रामदत्त जोशी, लक्ष्मणसिह डागाले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै उपसभापतीमा मानसिह खडायत, गोबिन्द प्रसाद जोशी, अशोकसिह धामी, महेशसिह बिष्टको उम्मेदवारी छ । सचिवमा सुरेशसिह बिष्ट, जनकराज जोशी, तिलकबहादुर पाल, सहसचिव देबदत्त जोशी, डम्बरसिह ठगुन्ना, नविन पार्की र अपागंमा केशवराज जोशीको उम्मेदवारी छ । नगरकार्यसमिति सदस्यका लागि ३५ जनाको उम्मेदवारी परेको नेबिसंघ जिल्ला कार्यसमिति सदस्य तथा क्षेत्रीय प्रतिनिधि कृष्णसिह रावलले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार सहमतिको प्रयास गरेर सहमति नभए आइतबार विहान १० बजे निर्वाचन गर्ने तयारी छ ।
महाकाली नगरपालिकामा सभापतीका लागि तरुणप्रसाद अवस्थी, चन्द्रसिह बिष्ट, लोकमणी ठगुन्ना र तारादत्त जोशीको उम्मेदवारी परेको छ । दार्चुलाको लेकम, दुहुँ र व्यास गाउँपालिकामा समेत सहमति जुट्न सकेको छैन् । चार वटा गाउँपालिकामा भने सहमतीमै नेतृत्व चयन गरिएको छ । कांग्रेश दार्चुलाका अनुसार नौगाड गाउँकार्यसमिति सभापतीमा प्रेमसिह धामी, मालिकार्जुन गाउँपालिका सभापतीमा किसन सामन्त, अपिहिमाल गाउँपालिका सभापतीमा शोभानसिह लोथ्याल र मार्मा गाउँपालिका सभापतीमा धनन्जय जोशी सर्वसहमतीमै सभापती चयन हुनुभएको छ ।
सम्बन्धित समचार : दार्चुलाका चार गाउँपालिकामा कांग्रेशको सहमतिमै नेतृत्व चयन, पाँच पालिकामा सहमति जुट्न सकेन

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया