कांग्रेश अधिवेसन: बैतडीका अधिकासं पालिकामा निर्वाचन, कहाँ कसले जिते हेर्नुहोस

दार्चुला । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीको अधिकासं स्थानीय तहमा निर्वाचन भएको छ । दशरथचन्द नगरपालिकाको नगर सभापतिमा भुवनराज भट्ट विजयी भएका छन् । भट्टले १०४ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्दी गजेन्द्रसिंह रावलले ७९ मत ल्याए । यस्तै उपसभापतिमा भट्ट प्यानलकै सुरजबहादुर चन्दले ११९ र हरिराम टमाटाले ११७ मत ल्याएर विजयी भएका छन् । यसैगरी सचिवमा भट्ट प्यानलकै गणेशसिंह थापाले ११७ र श्यामबहादुर चन्दले ११५ मत ल्याएर विजयी भएका छन् । सहसचिवमा भट्ट प्यानलकै उत्तमराज जोशीले ११६ मत र राजेन्द्रप्रसाद बडुले ११७ मत ल्याएर विजयी भएका छन् । शनिबार सम्पन्न भएको नगर अधिवेशनले ६४ सदस्यीय नगर कार्यसमिति चयन गरेको मतदान अधिकृत थापाले बताउनुभयो ।

यस्तै पाटन नगरपालिकाकोे नगर सभापतिमा मानबहादुर ऐर विजयी भएका छन् । ऐरले ९७ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्दी जयसिंह बिष्टले ६८ मत ल्याए । यस्तै उपसभापतिमा रमेश महरा १०३ र कृष्णबहादुर कुँवर ७६ मत ल्याएर विजयी भएका छन् । यसैगरी सचिवमा लवदेव जोशी र जगदीशसिंह बिष्ट निर्विरोध निर्वाचित भएका मतदान अधिकृत लक्ष्मणसिंह बोहराले बताउनुभयो । सहसचिवमा कैलाश चन्द ११९ र कृष्णा पन्त ९० मत ल्याएर विजयी भएका छन् ।

यस्तै पुर्चौडी नगरपालिकाको नगर सभापतीमा ८४ मत प्राप्त गर्दै गणेश बहादुर गडाल निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्दी जनकबहादुर बिष्टले ५७ मत प्राप्त गर्नुभएको थियो । यस्तै उपसभापतीमा इश्वरदत्त भट्ट र बिर बहादुर महरा, सचिवमा राजप्रसाद जोशी र रिगेश बहादुर बोहरा, सहसचिवमा दिलबहादुर साउँद र सरोज बम निर्वाचित भएको पुर्चौडीबाट लोकदर्पण समाचारदाता हरिसिह साउदले जानकारी दिनुभयो ।

यस्तै पञ्चेश्वरमा सर्वसम्मत नेतृत्व चयन भएको छ । गाउँपालिका कार्यसमितिको सभापतिमा रामबहादुर चन्द, उपसभापतिमा जमनसिंह साउँद र धिराजबहादुर चन्द, सचिवमा गजेन्द्रबहादुर चन्द र टंकप्रसाद तिवारी, सहसचिवमा बीरबहादुर चन्द र विरेन्द्रसिंह भण्डारी सर्वसम्मत चयन भएका छन् ।

यस्तै सुर्नया गाउँपालिकामा प्रतापसिंह महराको नेतृत्वमा सर्वसम्मत पालिकास्तरीय समिति चयन भएको छ । उपसभापतिमा करबीरसिंह ऐरी र राजेन्द्र लुहार, सचिवमा उत्तमबहादुर चन्द र सुन्दरसिंह बिष्ट, सहसचिवमा पदमराज भट्ट र दिनेशबहादुर बोहरा सर्वसम्मत चयन भएका छन् । शिवनाथ गाउँपालिकामा नेपाली कांग्रेसको ३९ सदस्यीय गाउँपालिका समिति सर्वसम्मत चयन भएको छ । सो समितिको सभापतिमा हिरा चन्द, उपसभापतिमा जयसिंह साउँद र लालसिंह साउँद, सचिवमा केशवदत्त कलौनी र गम्भीरबहादुर चन्द, सहसचिवमा शुक्रसिंह महर र लक्ष्मणदत्त पन्त निर्विरोध चयन भएका छन् । अन्य स्थानीय तहको नतिना प्राप्त हुने क्रममा रहेको छ ।

सम्बन्धित समचार : दार्चुलाका चार गाउँपालिकामा कांग्रेशको सहमतिमै नेतृत्व चयन, पाँच पालिकामा सहमति जुट्न सकेन

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?