जिल्लातहसम्मै पाँच दलीय मोर्चा विस्तारः माधव नेपाल

दार्चुला । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एबम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संविधान रक्षाका लागि एकजुट भएको पाँच दलीय गठबन्धन केन्द्रदेखि जिल्लातहसम्म बिस्तार गर्न लागिएको बताउनुभएको छ । हेटौँडामा पार्टीको जिल्ला कमिटीको सपथग्रहण तथा जिल्ला भेलालाई शनिबार सम्बोधन गर्दै उहाँले लोकतन्त्र संविधानको रक्षाका लागि उभिएका दलहरुको गठबन्धन केन्द्र, प्रदेशहुँदै जिल्लातहसम्मै बिस्तार गरिने बताउनुभयो ।

सबै तहका सरकारका कामहरुको समन्वय र सहजीकरणका लागि गठबन्धन बिस्तार गर्दै आपसी समन्वय र सहयोगको भावना विकास गर्दै लगिने उहाँको भनाई छ । केही मान्छेहरु माधव नेपालले लगेर प्रचण्डलाई पार्टी बुझाउँछन् भन्ने भ्रम छरेका छन्”, अध्यक्ष नेपालले थप्नुभयो–“त्यो कुरा शतप्रतिशत झुटो हो । अध्यक्ष नेपालले केही दिनभित्रै मन्त्रीपरिषदले पूर्णता पाउने बताउनुभयो । संघीय सरकारको पूर्णता र प्रदेश सरकार निर्माणसँगै गठबन्धनको बिस्तार थालिने उहाँले बताउनुभयो । एउटा उज्यालो तारा भएर नेपाली कम्युनिष्ट आन्दोलनमा नेकपा एकीकृत समाजवादी आएको उहाँले दावी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?