कांग्रेशको शैल्यशिखर नगर सभापतीमा मोहनसिंह साउद

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा कांग्रेशको नगर सभापती मोहनसिंह साउद चयन हुनुभएको छ । शनिबार उद्घाटन भएको अधिवेसन अन्तरगत दुई दिन लामो प्रयासपछि साउदलाई सभापती चयन गर्न सहमती जुटेको नेपाली कांग्रेशका क्षेत्रीय प्रतिनिधि कृष्णसिह रावलले जानकारी दिनुभयो ।

आइतबार विहान १० बजेपछि निर्वाचनमार्फत नेतृत्व चयन गर्ने तयारी भएपनि नेताहरुले सहमतीमै जोड दिएपछि निर्वाचन नभएको बताइएको छ । शैल्यशिखरको नगर समिति सभापतीका लागि जगदिश बहादुर बिष्ट, मोहनसिह साउद, रामदत्त जोशी, लक्ष्मणसिह डागाले उम्मेदवारी दर्ता गरेका थिए ।

यस्तै उपसभापतीमा मानसिह खडायत, गोबिन्द प्रसाद जोशी, अशोकसिह धामी, महेशसिह बिष्टको उम्मेदवारी छ । सचिवमा सुरेशसिह बिष्ट, जनकराज जोशी, तिलकबहादुर पाल, सहसचिव देबदत्त जोशी, डम्बरसिह ठगुन्ना, नविन पार्कीको उम्मेदवारी परेको छ । सभापतीमा मोहनसिंह साउदलाई चयन गर्ने सहमती जुटेको र बाँकी पदाधिकारीहरुको विषयमा छलफल तथा सहमतीको प्रयास भइरहेको बताइएको छ ।

दुहुँ गाउँपालिका, व्यास गाउँपालिका र महाकाली नगरपालिकामा भने निर्वाचन भएको छ ।

दार्चुलाको नौँ वटै स्थानीय तहमा शनिबार नै अधिवेसन उद्घाटन भएको थियो । कांग्रेश दार्चुलाका अनुसार नौगाड गाउँकार्यसमिति सभापतीमा प्रेमसिह धामी, मालिकार्जुन गाउँपालिका सभापतीमा किसन सामन्त, अपिहिमाल गाउँपालिका सभापतीमा शोभानसिह लोथ्याल र मार्मा गाउँपालिका सभापतीमा धनन्जय जोशी सर्वसहमतीमै सभापती चयन हुनुभएको छ । लेकम गाउँपालिकामा निर्वाचनमार्फत मोहनदेब जोशीलाई पराजित गर्दै वडा नम्बर ६ का वडाअध्यक्ष समेत रहनुभएका कमलापती मिश्र सभापती चयन हुनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?