मालिकार्जुनका दुई वटा स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

दार्चुला । मालिकार्जुन गाउँपालिकाले दुई वटा एम्बुलेन्स खरिद गरि स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको छ । आर्थिक वर्ष २०७६।०७७ को बार्षिक बजेटमार्फत गाउँपालिकाले दुई वटा एम्बुलेन्स खरिद गरेको गाउँपालिकाले जनाएको छ ।

खरिद गरिएका एम्बुलेन्सलाई वडा नम्बर ६ र वडा नम्बर ८ का स्वास्थ्य चौकीलाई आइतबार एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो । मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामीले शंकरपुरस्थित पस्ती स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष एवं वडा नम्बर ८ का वडाअध्यक्ष पदमराज पन्त र वडा नम्बर ६ का कार्यपालिका सदस्य कुशराम ओडलाई एम्वुलेन्सको चाबी हस्तान्तरण गर्नुभएको छ ।

सायद २ जना मानिसहरू, उभिएका मानिसहरू, कार तथा  बाटो को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?