दार्चुला । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना ५ की ४२ वर्षीया राधा भट्टराई र २२ वर्षीया महेश भट्टराई रहेका छन् । उनीहरु आमा छोरा हुन् ।
सैनामैनाको बुद्धनगर प्रतिक्षालयमा गाडी कुरेर बसेका उनीहरुलाई पश्चिमबाट आएको ना ८ ख ४४११ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले प्रहरीले जनाएको छ ।
यसैबिच भक्तपुरको सल्लाघारीमा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । राति पौने ९ बजे भारतीय नम्बर प्लेट आर जे ०२ जी बी १९१७ नम्बरको १८ चक्के ट्रकले ठक्कर दिँदा प्रदेश ३–०२००८ प २५०१ नम्बरको मोटरसाइकलका चालक भक्तपुरको बालकोट बस्ने ४५ वर्षका गणेश रजौराको ज्यान गएको हो ।
ट्रकका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया