प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक बस्दै

दार्चुला : प्रधानमन्त्री सभापति शेरबहादुर देउवाले आज सर्वदलीय बैठक बोलाउनुभएको छ । बैठक बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
बैठकमा कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका शीर्ष नेतालाई बोलाइएको छ ।

सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुसँग प्रधानमन्त्री देउवाले छलफल गर्न लाग्नु भएको हो । बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध हटाउने, मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायत समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?