अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन आजदेखि सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा शुरु हुदैछ।

‘शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टीका लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा २२ औं राष्ट्रिय सम्मेलन’ भन्ने नारासहित प्रज्ञा भवन कमलादीमा सम्मेलन शुरु हुन लागेको हो।

सम्मेलनको दिउँसो १२ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ। सम्मेलन अन्तरगत भोलिदेखि शुरु हुने बन्द सत्रमा देशभरबाट ८ सय ९९ जना प्रतिनिधि सहभागि हुने उपाध्यक्ष तथा प्रचार प्रसार उपसमिति प्रमुख सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो। सम्मेलनले २५ पदाधिकारीसहित १ सय ९९ जनाको नयाँ कार्यसमिति चयन गर्नेछ।

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा शुरु हुदैछ।

‘शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टीका लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा २२ औं राष्ट्रिय सम्मेलन’ भन्ने नारासहित प्रज्ञा भवन कमलादीमा सम्मेलन शुरु हुन लागेको हो।

सम्मेलनको दिउँसो १२ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ। सम्मेलन अन्तरगत भोलिदेखि शुरु हुने बन्द सत्रमा देशभरबाट ८ सय ९९ जना प्रतिनिधि सहभागि हुने उपाध्यक्ष तथा प्रचार प्रसार उपसमिति प्रमुख सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो। सम्मेलनले २५ पदाधिकारीसहित १ सय ९९ जनाको नयाँ कार्यसमिति चयन गर्नेछ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?