दार्चुला । गृह मन्त्रालयले सुदूरपश्चिमका दुई सहित एक दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडीओ) को सरुवा गरेको छ। सुदूरपश्चिमका २ जिल्लामा प्रजिअ हेरफेर भएको गृह मन्त्रालयले जनाएको छ। डडेल्धुराकोे प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी मोहनराज जोशीले पाउनुभएको छ भने डोटीमा शङ्कर विष्टलाई प्रजिअको जिम्मेवारी दिइएको छ। जोशीले यसअघि पनि दार्चुला, बैतडी, डडेल्धुरा लगायत सुदूरपश्चिमका विभिन्न जिल्लमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी प्राप्त गरिसक्नुभएको छ । बिष्ट पनि दार्चुलाको प्रमुख जिल्ला अधिकारी भइसक्नुभएको छ ।
डडेल्धुरामा अहिले हरी प्रसाद घिमिरे प्रजिअ हुनुहुन्छ भने डोटीमा सहायक प्रजिअ किरण जोशीले जिम्मेवारी सम्हाल्नुभएको छ । यस्तै रसुवाको प्रजिअमा नवराज जैसी, मुगु रोम बहादुर महत, भोजपुर कमल ढकाल, महोत्तरी बासु दाहाल, शिशिर बैद्य लमजुङ, रविन्द्र आचार्य मनाङ, चिरञ्जिवी राना म्याग्दी, अनुज घिमिरेलाई तेरथुम जिल्लाको प्रजिअमा पठाएको छ । दार्चुलामा भने प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीलाई नै निरन्तरता दिइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया