दार्चुला । पटकपटक विद्युत अवरुद्ध हुँदा दार्चुलाका सेवाग्राही आजित बनेका छन् । केहि दिन यता अधिकासं समय विद्युत अवरुद्ध हुदा दैनिक कामहरु प्रभावित भइरहेको सेवाग्राहीको गुनासो छ । बलाँच, गोकुलेश्वर र बरमुडे क्षेत्रमा लाइनमा समस्या (फल्ट) आउदा बिजुली अनियमित हुने गरेको विद्युत वितरण केन्द्र दार्चुलाले जनाएको छ ।
विद्युत अवरुद्ध हुदा बिजली बत्ती बाल्न, खाना पकाउन, मोबाइल चार्ज गर्न, विद्युतिय उपकरण सञ्चालन गर्न समस्या भएको सेवाग्राहीको गुनासो छ । पटकपटक बिद्युत आउने जाने हुँदा जिल्लाका अधिकासं सञ्चारमाध्यम समेत अनियमित बनेका छन् । दार्चुला सदरमुकाम खलंगामा वितरण गरिएको डुङरी जलविद्युत समेत एक वर्ष लामो समयदेबि बन्द हुँदा बैकल्पीक साधन नभएका सेवाग्राही अन्धकारमा बस्न बाध्य भएका छन् । गोकुलेश्वर क्षेत्रमा विद्युत बेलुकीपछि सञ्चालन भएपनि खलंगा क्षेत्रको विद्युत लाइन अवरुद्ध रहेको कार्यालयले जनाएको छ । गोकुलेश्वर क्षेत्रको लाइन समेत आउनेजाने भइरहेको छ ।
शनिबार दिनभरी जिल्लाभरीको विद्युत अवरुद्ध हुँदा दैनिकि प्रभावित बनेको भन्दै सेवाग्राहीहरु आक्रोशित बनेका छन् । चमेलियाको जिल्ला दार्चुलामा अहिलेपनि ६० प्रतिषत घरधुरीमा विद्युत विस्तार भएको छैन भने विद्युत पुगेको स्थानमा समेत अनियमित हुँदा सेवाग्राही समस्यामा छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया