दार्चुला । अँठोला परिवारको साझा संस्था निर्माणका लागि बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार कञ्चनपुरको महेन्द्रनगर बजारमा अँठोला परिवारका जेष्ठ सदस्य नारद जोशीको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
अन्तरक्रिया कार्यक्रममा साझा संस्था निर्माणका लागि अहिलेसम्म भएका प्रयास, ज्योतिष र पन्चाङ्गको संरक्षणसंगै गुणात्मक विकास गर्ने, अँठोलाको तथ्यांक संकलन गर्ने, रेग्मीहरु र अँठोलाबिचको सम्बन्धबारे छलफल गर्ने लगायत विभिन्न विषयमा छलफल गरिएको छ । अँठोलाहरुको तथ्यांक संकलनका लागि केन्द्रिय तथ्यांक विभाग वा जिल्लामा रहेका तथ्यांक कार्यालयहरु सङ्ग समन्वय गरी अहिले भैरहेको जनगणनामै अँठोलाको तथ्यांक संकलन गर्न सकिने सम्भावनाबारे छलफल गर्ने र त्यताबाट सम्भव नभए गणक तथा सुपरिवेक्षकहरुसङ्ग सम्पर्क विस्तार गरेर तथ्यांक संकलनको प्रयास गर्ने विषयमा छलफल भएको हो । यस्तै रेग्मीहरु र हाम्रो सम्बन्धको बारेमा पत्ता लगाउन बझाङका रेग्मी र पुर्वतिरका रेगमीहरुलाई समेटी अँठोला परिवारका ईतिहासका ज्ञाताहरु समेत संलग्न गराई भर्चुअल अन्तरक्रिया गर्ने छलफल भएको छ ।
अन्तरक्रियाको शुरुवात परिचयात्मक कार्यक्रमबाट भएको थियो । अँठोलाहरुको एकता र भातृत्वलाई थप मजबुत बनाएर मिसन, भिजन, उदेश्य, नाम लगायतका बिषयमा अगामी दिनमा छलफल गर्ने बताइएको छ । अन्तरक्रिया कार्यक्रममा अँठोला परिवारका पुर्व मन्त्री, उपसभामुख, ज्योतिष र पन्चाङ्गकार लगायत अँठोला परिवारका ६६ जना अग्रज बुद्धिजिविहरुको सक्रिय सहभागिता रहेको थियो । अगामी दिनमा अन्तरक्रिया कार्यक्रमलाई औपचारिक र अनौँपचारिक रुपमा निरन्तरता दिदै निकट भविष्यमै छरिएर विभिन्न स्थानमा बसोबास गरिरहेका अँठोला परिवारको साझा संस्था निर्माण गर्ने निष्कर्ष सहित बैठक सम्पन्न भएको छ ।




विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया