दार्चुला । दार्चुलाको व्यास गाउँपालिकामा हेलिकोप्टरमार्फत खाद्य संस्थानको चामल ढुवानी भइरहेको छ । व्यासका विभिन्न बस्तीमा वितरण गर्नका लागि ६ सय क्विन्टल चामल हेलिकोप्टरमार्फत ढुवानी गर्न लागिएको हो । दुहुँ गाउँपालिकाको धारीबाट सिम्रिक एयरको हेलिकोप्टरले चामल ढुवानी शुरु गरेको व्यासका स्थानीय एबं विद्यार्थी नेता दिपक खातीले जानकारी दिनुभयो ।
आइतबार व्यास गाउँपालिकाको वडा नम्बर ३ सिनामा एक सय क्विन्टल चामल ढुवानी भइरहेको छ । व्यासको राप्ला, सुन्सेरा, सिना, छाङरु, तिकंर, दुम्लीङ र मालगाउँमा गरेर कुल ६ सय क्विन्टल चामल ढुवानी गरिने खातीले बताउनुभयो । नेपाल खाद्य संस्थानले टेण्डर आह्वान गरेर चामल ढुवानीका लागि सिम्रिक एयर छनोट भएको बताइएको छ । व्यासमा खाद्यान्न ढुवानी गर्न सडक र बाटोघाटोको व्यवस्था नहुदा हेलिकोप्टरमार्फत चामल ढुवानी गर्नुपर्ने बाध्यता छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया