दशैंमा जिल्ला नछाड्न प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई गृहको निर्देशन

दार्चुला । गृह मन्त्रालयले नेपालीहरुको महान पर्व दसैंलगायत चाडपर्वको अवधिभर जिल्ला नछाड्न दार्चुलासहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । साथै जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई पनि जिल्ला नछोड्न निर्देशन दिएको छ ।

दसैं नजिकिँदै गएका बेला गृहको निर्देशनसँग अब सिडिओ, जिल्लास्थित नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखहरू अत्यावश्यक काम र गृहको अनुमतिबिना जिल्ला छाड्न पाउने छैनन् । चाडपर्वमा स्थानीय प्रशासन र सुरक्षा निकाय झन चनाखो हुनुपर्ने भएकाले घरबिदा पनि नजान भनिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

दसैंमा सरकारी कार्यालय बन्द रहने भए पनि स्थानीय प्रशासन र सुरक्षा निकायका कार्यालय भने खुला नै रहने हुनाले सुरक्षा संयन्त्रलाई ध्यानमा राखी जिल्लो छोड्न नपाउने निर्देशन जारी गरिएको हो । सो समयमा सर्वसाधारणकोे ठाडो निवेदन दर्ता गर्न र गुनासो गर्न मिल्ने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?