दार्चुला अस्पतालमा अक्सिजन प्लान्टको सामाग्री आइपुग्यो, जडान दशैंपछि मात्रै गरिने

दार्चुला । जिल्ला अस्पताल दार्चुलामा अक्सिजन प्लान्ट स्थापनाका लागि आवश्यक सामाग्री आइपुगेको छ । आवश्यक सामाग्री आइपुगेको भएपनि जडान भने दशैंपछि मात्रै हुने भएको छ । अक्सिजन प्लाण्ट स्थापनाका लागि भवन निर्माण गर्न बाँकी रहेको र भवन निर्माण सम्पन्न भएपछि अक्सिजन प्लाण्ट जडानको काम हुने जिल्ला अस्पताल दार्चुलाका प्रमुख डाक्टर आदर्श लिम्बुले जानकारी दिनुभयो ।

जिल्ला अस्पताल दार्चुलामा गत असारमै प्लान्ट स्थापनाका लागि सुदूरपश्चिम प्रदेश सरकारबाट ८० लाख रुपैयाँ बजेट प्राप्त भएको थियो । उक्त बजेटबाट टेण्डर आह्वान भएर असारभित्रै प्लाण्ट जडान गरिसक्ने योजना भएपनि सामाग्री ढुवानीमा कम्पनीले ढिलाइ गरेको हो । गत असारभित्र प्लान्ट निर्माण सम्पन्न गर्ने गरी हेल्थ केयर सप्लायर्स काठमाडौं र अस्पतालबीच सम्झौता भएको थियो । तर सप्लायर्स कम्पनीको लापरवाहीका कारण प्लान्ट जडानमा ढिलाई भएको बताइएको छ । अहिले प्लाण्ट जडानका लागि सामाग्री पुगेपनि भौतिक पुर्वाधार अभावमा ढिलाइ हुने भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले अक्सिजन प्लाण्टका लागि सामाग्री आएपछि भवनका लागि माग गर्नुहोला भनेको थियो, हामीले सामान आउने सुनिश्चितता भइसकेपछि प्रदेश सरकारसंग भवन मागसहित पत्र पठाएका छौँ, डाक्टर लिम्बुले भन्नुभयो, अहिलेसम्म जवाफ प्राप्त भइसकेको छैन् । प्रदेशबाट भवन प्राप्त भए निर्माणको काम गरेर दशैंपछि अक्सिजन प्लाण्ट जडान गर्ने तयारी छ । लामो समयसम्म अक्सिजन प्लान्टको सामाग्री नपाएर अन्यौलता कायम रहेकोमा अब छिट्टै प्लान्ट जडान हुने जिल्ला अस्पतालका दार्चुलाले जनाएको छ ।

अक्सिजन प्लान्ट स्थापना भएपछि कोरोनाका मात्रै नभएर अन्य बिरामीहरुका लागि पनि सहज हुने स्वास्थ्यकर्मीहरुले बताएका छन् । जिल्लामा अक्सिजन प्लान्ट नहुँदा कोरोनाको दोश्रो लहरका बेला धेरै बिरामीहरुलाई रेफर गर्नुपरेको थियो । रेफर गरिएका केहि बिरामीले अक्सिजन अभावका कारण बाटोमै ज्यान गुमाएका थिए । जिल्लामा अहिले सम्म कोरोनाका कारण ११ जनाको ज्यान गईसकेको स्वास्थ्य कार्यालयको तथ्यांक छ ।

दार्चुलाको छिमेकी जिल्ला बैतडीमा समेत अक्सिजन प्लाण्ट जडानका लागि केहि सामाग्री आइपुगेको छ । आवश्यक सबै सामाग्री आइपुगेपछि जडानको काम गरिने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?