यसैहप्ता मन्त्रिपरिषद् विस्तार गर्ने तयारी, मन्त्रालय बाँडफाँटमा सहमति

दार्चुला । पर्सि बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने सत्तारुढ दलहरुले बताएका छन् । मंगलबार विहान सत्तारुढ दलका शीर्ष नेताहरुबीच मन्त्रालय भागवण्डाबारे छलफल भएको थियो । बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए ।

नेताहरुका अनुसार शीर्ष नेताहरु सहमति नजिक पुगेका छन् । आजै साँझसम्म वा भोलि फेरि बैठक बस्छौं र पर्सिसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ, एक नेताले भन्नुभयो । मन्त्रिपरिषद विस्तार नहुदा झण्डै तीन महिनादेखि १६ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले नै लिनुभएको छ । सरकार बनेको तीन महिनासम्म मन्त्रि समेत छान्न नसकेको भन्दै सरकारको चौतर्फी आलोचना भइरहेको छ ।

स्राेतका अनुसार नेकपा (एकिकृत समाजवादी)ले शहरी विकास, उद्योग वाणिज्य तथा आपूर्ति र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पाउने तय भएको छ । माओवादी केन्द्रले कृषि तथा पशुपन्छी विकास मन्त्रालय र खानेपानी मन्त्रालय पाउने भएको सहमती भएकाे छ । माओवादीले अर्थ र ऊर्जा मन्त्रालय यसअघि नै पाइसकेको छ ।

गृह, परराष्ट्र र कानून मन्त्रालय पाएको कांग्रेसले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पाउने मोटामोटी सहमति भएको छ । दलहरूले मन्त्रीको नाम दिएलगत्तै प्रधानमन्त्री देउवाले राष्ट्रपतिलाई मन्त्रिपरिषद् विस्तारका लागि सिफारिश गर्ने बालुवाटार स्रोतले बताएकाे छ । 

कांग्रेशले ६ मन्त्रि र अरु दलले पाँच/पाँच मन्त्री र एक/एक राज्यमन्त्री पाउने सहमती भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । सकेसम्म बुधवार र ढिलोमा शुक्रवारसम्म मन्त्रीहरूलाई शपथ गराएर सरकारलाई पूर्णता दिने तयारी भएको नेताहरूले बताएका छन् । 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?